युट्युबमा आफ्नै यौन भिडियो देखिएपछि….एउटी गायिकाको संघर्षको कथा

गायनको माध्यमबाट पहिचान बनाएकी क्रिसी चेम्बर्स आफ्नै यौन भिडियो युट्युबमा देखेपछि छाँगाबाट खसेझै भइन् । उनका पूर्व प्रेमीले जुन सिक्रेट टेप अनलाइन पोस्ट गरिदिएपछि त्यसले उनको जिन्दगीमा नराम्रो असर पारेको उनले बताइन् ।

उनले भनिन्–यो घटनाले मेरो जिन्दगीको हरेक क्षेत्रमा असर पारेको छ । मलाई लाग्छ कि आउने दिनहरुमा पनि यसको असर रहनेछ।
पूर्व प्रेमीविरुद्ध चार वर्षसम्म कानुनी लडाई लडेकी चेम्बर्स युट्युब म्यजिसियनदेखि ‘रिभेन्ज पर्न क्याम्पेनर’ का रुपमा चर्चित छिन् । क्रिसी नेम्बर्सले भनिन्–मलाई सुरुमा एक जना साथी र एक जना प्रशंसकको माध्यमबाट थाहा भयो, उनले लेखे कि यो लिंक तिब्रताका साथ भाइरल भइरहेको छ।

‘कसैले हाम्रो युट्युब च्यानलमा रहेकपटक यो लिंक शेयर गर्दथ्यो । र अरुलाई भन्थ्यो कि–तपाईलाई के लाग्छ क्रिसी चेम्बर्स रोल मोडल हुन् ? उनी एउटी बेश्या हुन्, यो भिडियो हेर्नुस थाहा हुनेछ ।

उनले अगाडि भनिन्–मैले लिंकमा क्लिक गरेँ तब पहिलोपटक मैले बुझेँ कि भएको के थियो। म स्तब्ध भएर लडेँ, यस्तो लाग्यो कि कुनै बेसबल ब्याटले मलाई पिटिरहेको छ। यस्तो लागिरहेको थियो, जस्तो कि मेरो संसार नै अन्त्य भयो ।

यो घटनाले उनको जीवनमा कस्तो असर पुरायो ? यो प्रश्नको उत्तर दिँदै क्रिसी चेम्बर्सले भनिन्–मे डिप्रेसनमा पुगेकी थिएँ, २३ वर्षको उमेरमा म मदिरा पिउन लागेँ । म करिब करिब मरिसकेकी थिएँ । म भयानक सपना देख्थेँ । मेरो रिलेशनसीपमा पनि सर परेको थियो ।

‘म आफ्नो पार्टनरका साथ एउटा सफल युट्यब च्यानल चलाइरहेकी थिएँ । हामीलाई ५० हजार युवा महिलाले फलो गरेका थिए ।भिडियो देखेपछि उनीहरुले पनि मलाई नराम्रो भने ।’

क्रिसी चेम्बर्सले भनिन्–यो मुटु फुटाउने कुरा थियो । तर मलाई थाहा थियो कि तिनै मानिसले मलाई प्रेम र समर्थन दिएका छन् । यसबाट मलाई न्यायका लागि उभिन ऊर्जा मिल्यो । म एउटा उदाहरण बन्न चाहन्थेँ ताकि भविष्यमा कसैका साथ यस्तो भयो भने आफ्नो खुट्टामा उभिन सकुन् ।

कानुनी पाटाहरुका विषयमा कुरा गर्दै उनले भनिन्–मेरा पूर्व प्रेमीले भिडियो तब अलपोड गरेका थिए जब रिभेन्ज पर्नको कानुन बेलायतमा पास भइसकेको थिएन । जब कानुन बन्यो तब म बेलायत आएँ र उजुरी दर्ता गराउन गए । तर उनले कि अपराधिक मामिला चलाउन सम्भव छैन ।

उनी भन्छिन्–हामीले एक महिनासम्म पैसा जोड्यौ । यस विषयमा मानिसहरुले मलाई खुब साथ दिए । कतिपय नराम्रो अनुभव पनि रह्यो। मैले अन्ततः मुद्दा जितेँ । मैले सबै भिडियोको कपीराइट पनि पाएँ ।

‘अब यदि कसैले उक्त भिडियो पैयोग गरेको खण्डमा सिधै त्यसको कपीराइटमा गएर कपीराइट क्लेम गर्न सक्दछु र भिडियो हट्नेछ र कानुनी कारबाही हुनेछ ।’

क्रिसीले भनिन् कि कयौ वेभसाइटसँग सम्पर्क गरिन् ताकि आफ्नो भिडियो हटाउन सकियोस । तर कसैले पनि उत्तर दिएनन् । अन्ततः वकिलको माध्यमबाट नोटिस पठाइयो तब भिडियो हटाइयो । उनले भनिन्, अरु पनि यस्तो कुरामा चुप लागेर बस्ने होइन, सार्वजनिक हुनुपर्छ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..