टोकियोमा आठौँ नेपाल फेडेरेशन रनिङ कप फुटबल प्रतियोगिता सम्पन्न

जापान । टोकियोमा सम्पन्न आठौँ नेपाल फेडेरेशन रनिङ कप फुटबलको उपाधी रोसी क्लबले जितेको छ। गत आइतबार भएको प्रतिस्पर्धामा काभ्रेली क्लबलार्इ ट्रार्इब्रेकरमा ३-१ गोल अन्तरले हराउदै रोसी क्लबले उपाधी आफ्नो पोल्टामा पारेको हो।

उपाधीसंगै रोसीले नगद ६ लाख १ हजार १०४ येन हात पार्यो भने उपविजेता काभ्रेलीले २ लाख ५१ हजार १०४ येनमा चित्त बुझायो। समूह ‘र्इ’ बाट भिडेका दुबैले फाइनलमा १-१ गोलको बराबरी गरेपछि नतिजा ट्रार्इब्रेकरबाट निकालिएको थियो। यस्तै तेस्रो स्थानका लागि भएको भिडन्तमा आमन्त्रित हङकङको एलजी क्लबलाई रार्इजिङ क्लबले ३-१ ले स्तब्ध पार्यो ।

रार्इजिङ क्लबले उपाधीसंगै नगद एक लाख १ हजार १०४ येन र शिल्ड जित्यो। रोमान्चक प्रतिस्पर्धामा व्यक्तिगत उपाधी तर्फ हार्इस्कोरर काभ्रेली क्लबका सरोज थाहा, वेस्ट किपरमा विजेता रोसी क्लबका साङगे शेर्पा, वेस्ट प्लेयरमा सोही टिमका सुवास सुनुवार र वेस्ट डिफेन्समा नमस्ते लमजुङ क्लबका कान्छा गुरूङले नगद र ट्रफी जितेका थिए।

कुल २६ टिम सहभागी रहेको प्रतियोगिताका विजेताहरूलार्इ उपाधी सहित प्रमाणपत्र र शिल्ड हस्तान्तरण गरिएको थियो। प्रतियोगिता आयोजक नेपाल जापान युथ क्लबका अध्यक्ष लेलिन भट्टचनले जानकारी दिनुभयो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..