जापान, अमेरिका लगायतका देशमा पठाउने नाममा ठगी गर्ने पारस पक्राउ

काठमाडौ । जापान, अमेरिका लगायतका देशमा पठाउने नाममा करोडौ ठगी गर्ने ललितपुरको तिखेदेवल बस्ने नुवाकोटको थानपती घर भएका ३९ बर्षीय पारस लोहनीलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले लोहनीलाई बुधवार काठमाडौँ महानगरपालिका–१६ स्रोहखुट्टेबाट पक्राउ गरेको हो ।
लोहनीले फ्रान्स, जापान, सिंगापुर, अमेरिका लगायतका देशहरुमा पानीजहाजमा आकर्षक सेवा सुविधा सहितको राजगारी पाउने भनी प्रलोभन देखाई विभिन्न व्यक्तिहरुबाट प्रतिव्यक्ति ७ लाखदेखि ३५ लाखसम्म गरी २ करोड ७५ लाख ठगी गरेको भनी ३३ जना पीडितहरुले महाशाखामा उजुरी गरेका थिए ।

लोहनीले पीडितहरुसंग रकम लेनदेन गर्दा भेटेरै रकम लिने गरेको, कसैलाई आईएमई मार्फत पैसा पठाउन लगाउने गरेको र नगद संकलन गरे पश्चात काम नगरी सम्पर्क विहीन हुने हुदाँ पीडितहरुबाट काम छिटो गर्न दवाव आए पश्चात निजले बैदेशिक रोजगार सम्बन्धी कागज गर्ने, रकम नभएको बैंक खाताको चेक दिई अलमलाउने र कसैलाई भिजिट भिषामा दुबई, इण्डोनेसिया लगायतका देशमा पु¥याई अलपत्र पार्ने गरेको खुल्न आएको छ ।

लोहनीलाई थप अनुसन्धान एवं कारवाहीको लागि शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..