पूर्वराजा ज्ञानेन्द्रको भाइटीकाको चार फरक दृश्य

दरबार हत्याकान्डमा शान्ति र शारदाको हत्या भएपछि तत्कालीन राजा ज्ञानेन्द्रका दिदीबहिनीहरुमध्ये शोभा मात्रै जीवित छिन्। राजा महेन्द्रका जीवित सन्तान ज्ञानेन्द्र र शोभामात्रै हुन्। हरेक वर्ष पूर्वराजा ज्ञानेन्द्र टीका लगाउन बहिनीको कमलादीस्थित शोभागृह पुग्ने गर्छन्। अरुको भन्दा के फरक हुँदो रहेछ त शाह परिवारको भाइटीका? चार फरक दृश्य यस्तो छ-

१) साइत फरक

पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर ५५ मिनेटको साइत शुभ रहेको बताएको थियो। यही समयमा प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मले टीका लगाए। तर पूर्वराजाका लागि अलग्गै शुभ साइत निकालिएको थियो। बिहान ९ बजेर ५१ मिनेट अर्थात् अरुको भन्दा दुई घण्टा अगाडि नै साइत अनुसार ज्ञानेन्द्रले टीका लगाए।

२) गाई र फूलको घेरा

पूर्वराजालाई बीचमा सोफामा राखेर चारैतिर घेरा बनाइएको हुँदो रहेछ। त्यो घेरामा गाई र फूलको आकृति बनाइएको हुन्छ।

३) जल परिक्रमाको यन्त्र


अरुले भए करुवाबाट पानी चुहाउँदै गर्ने जल परिक्रमा आफै निहुरेर गर्छन्, यहाँ भने एउटा गजबको यन्त्र हुँदो रहेछ। भ्याकुम क्लिनरको स्टाइलमा घुमाउन मिल्ने रहेछ।

४) मसला प्लास्टिकको प्याकेटमा हैन सुनको बाकसमा


भाइटीकाको एउटा विशेषता विभिन्न मसलाहरुसहितको पोका हो। कागज र प्लास्टिकको प्याकेटमा अरुले यस्ता मसला पाउँछन्, शाह परिवारले सुनको बाकसमा मसला पोका पाउने रहेछन्।माईसंसारबाट 

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..