यस्तो बन्यो ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’को टिजर (भिडियो)

काठमाडौँ। सफल चलचित्र ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’को टिजर सार्वजनिक भएको छ। शनिबार सार्वजनिक गरिएको टिजरमा नायक विपिन कार्की, रविन्द्र झा र रविन्द्रसिंह बानियाँ र दयाहाङ राईलाई देखाइएको छ। टिजरमा चलचित्रकी नायिका वर्षा राउतलाई भने देखाइएको छैन।

फाल्गुन १७ गते रिलिज हुने चलचित्रमा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियङ्का झा, कविन्द्र त्रिपाठीलगायतका कलाकारको मुख्य भूमिका छ।

निर्देशक प्रदीप भट्टराईकै लेखन रहेको ‘जात्रै जात्रा’का कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने सिंगे लामा र यादव पौडेल निर्माताको रुपमा रहेका छन् ।

हेर्नुस् टिजर:

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..