सरकारले कमल थापाको राजनीति बचाउ गरेको बस्नेतको आरोप

भक्तपुर । नेकपा एमालेका नेता तथा भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महेश बस्नेतले सरकारले जनमतविपरीत प्रदेश राजधानी र प्रदेश प्रमुख तोकेको आरोप लगाएका छन् ।

टेक मिडिया हाउसले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले प्रदेश नम्बर ३ को राजधानी भक्तपुर उपयुक्त हुँदाहुँदै सरकारले हेटौंडा तोकेकोमा आपत्ति जनाए । ३ नम्बर प्रदेशका सबै नागरिकका निम्ति भक्तपुर केन्द्रमा पर्ने र आवश्यक पूर्वाधार समेत रहेकाले प्रदेश राजधानी भक्तपुर बनउनुपर्ने उनले बताए ।

राप्रपा अध्यक्ष कमल थापाको राजनीति बचाउको लागि सरकारले मकवानपुरको हेटौंडालाई प्रदेश राजधानी तोकेको बस्नेतको आरोप छ । सरकारद्धारा गठित कार्यदलको सुझाव विपरीत प्रदेश राजधानी हेटौंडा तोकिनु गलत भएको उनले बताए ।

सांसद बस्नेतले प्रश्न थियो, ुरसुवादेखि सिन्धुलीसम्मका नागरिक र जनप्रतिनिधिलाई हेटौंडा कसरी पायक पर्छ रुु उनले भने, ुचितवनबाट पनि ९आपतकालिन अवस्थामा० जहाजमार्फत २० मिनेटमै भक्तपुर पुग्न सकिन्छ, चितवनवासीलाई पनि हेटौंडा पुग्न घन्टौं लाग्छ ।ु सबै हिसाबले प्रदेश राजधानी भक्तपुर नै उपयुक्त हुने उनले दाबी गरे ।

निर्वाचनपछि कामचलाउको हैसियतमा रहेको सरकारले गरेको विभिन्न नियुक्ति र निर्णयप्रति उनले विरोध गरे । कार्यक्रममा आयोजक टेक मिडया हाउसले बस्नेतलगायत भक्तपुरका नवनिर्वाचित सांसदलाई सम्मान गरेको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..