एनआरएनए द्वारा अफ्रिकाका सुस्त मनथितिका विद्यार्थीहरुलाई सहयोग प्रदान

लेगोस, नाइजेरिया । गैर आवासीय नेपाली संघ नाइजेरिया द्वारा लेगोसको याबास्थित मोडुपे कोल मेमोरियल चाइल्ड केयर एन्ड ट्रीटमेन्ट होम स्कुलमा संघका तर्फबाट विद्यार्थीहरुलाई खाधान्न लत्ता कपडा लगायतका सामग्रीहरु एक बिशेष कार्यक्रम बिच स्कुलका प्रिन्सिपल म्याडम रबियुलाई हस्तान्तरण गरिएको छ ।

संघले गत तिहारमा देउसी खेली संकलन गरेको रकम कर्मदेशमा परोपकारी कार्यमा पहिलो चोटी सहयोग प्रदान गरेको हो ।

कार्यक्रममा संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष हिक्मत थापा , नाइजेरिया अध्यक्ष जनक बिष्ट , आइसिसी सदस्य चिरञ्जीवी रोका , महिला उपसंयोजक मन थापा , उपाध्यक्षहरु उर्मिला रोका र विश्वास पौडेल , महासचिब रोशन थापा ,कोषाध्यक्ष रोहित भाङ्गर , महिला संयोजक अन्जु पौडेल , सदस्यहरु दुर्गा बिस्ट , आशा सरकार लगाएतको उपस्थिति रहेको थियो ।

सन १९६० मा स्थपित उक्त स्कुलमा ४५० जना सुस्त मनस्थितिका बिद्यार्थी आवासीय रुपमा अध्ययनरत छन ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..