रामेछापको गोकुलगङगा गाउपालिका कृषिमय बन्दै, युवाहरुको कृषिमा बढ्दो आकर्षणले बिदेश पलायन रोकिने बिस्वास

विशाल बस्नेत/रामेछाप

रामेछापको गोकुलगङगा गाउपालिका कृषिमय बन्दै गएको छ । पछिल्लो समय स्थानिय युवा र नेताहरु नै धमाधम कृषिफार्म दर्ता गर्दै आधुनिक कृषिमा लागेपछी गोकुलगङगा गाउपालिकाको कृषिले नया मोड लिएको स्थानियहरुको भनाइ छ ।

२०६९ सालतिर उक्त गाउपालिकाका अध्यक्ष खडग सुनुवार र अन्य समूह मिलेर वडा न. ३ रस्नालुको भुजी डाडामा ७० हजार भन्दा बढी चियाको बिरुवा रोपेपछी स्थानियहरुमा कृषिसम्बन्धी नया चेतनाको बिकाश भएको पनि स्थानियहरुको बुझाइ छ ।

रस्नालुमा मात्र हैन चुचुरे, ठोसे, बेताली, नामाडी र फर्पुमा समेत युवा तथा स्थानिय किसानहरु नया कृषि प्रबिधी सहित अगाडी बढेका छन । रस्नालुको मात्र कुरा गर्ने हो अध्यक्ष सुनुवारले मात्र दर्जनौ कृषि फार्महरु सुरुवात गरेका छन ।

उच्च हिमाली क्षेत्रका भुभागहरु कृषिका लागी उर्बर छैनन भन्ने स्थानियहरुको पौराणिक सोचलाइ बिस्थापन गर्दै सुनुवारले विभिन्न ब्यबसायिक कृषि फार्महरु सचालन गरेर उदाहरण समेत प्रस्तुत गरेका छन । अत्यन्त चर्चामा रहेको फल किवि, जापानीज जातका नास्पाती, कागती, भुइ स्याऊ तथा अन्य विभिन्न प्रकारका ब्यबसायिक खेतिले जिबिकोपार्जसगै आर्थिक बिकाशमा समेत ठूलो भुमिका खेलिरहेको उन्को भनाइ छ ।

आफ्ना पाखा-पखेरा, वारी, बगैँचाहरुलाइ पौराणीक खेतीबाट मुक्त गराइएको पनि सुनुवारको भनाइ छ । दिन्हु हजारौ युवाहरु बिदेश पलायन भैइरहेको बेला आफुले गरेको कृषिकर्मले केही प्रेरणा प्रदान गर्ने बिस्वास ब्यक्त गर्दै अध्यक्ष सुनुवारले भने “आगामी दिनमा पनि मेरो यो अभियान जारी रहने छ ।”
सुनुवारले २० औ लाखको संख्यामा चिराइतो फार्म समेत सचालन गरेका छन । बार्षिकरुपमा ठूलो संख्यामा बिरुवाहरुको मागले पनि किसानहरुमा कृषिसम्बन्धी नया चेतनाको बिकाश भएको उन्को ठम्याइ छ । एउटा तयारी चिराइतोको बिरुवालाइ १० रुपैयासम्म पर्ने उन्को भनाइ छ ।

सुनुवारबाटै ब्यबसायिक कृषिसम्बन्धी नया पाठ सिकेका कतिपय युवाहरुले बिदेश जाने सोच त्याग्दै कृषिमा लागीपरेका छन ।

यतीबेला वडा न.४ बेतालीका दर्जनौ युवाहरु ठूलो लगानीकासाथ ब्यबसायिक खेतीमा जुटेका छन । हालसालै मात्र करिब ७० लाख लगानीमा बेतालीकै मुलपानी भन्ने ठाउमा ३ जना युवाहरुले ट्राउट माछा फार्म सचालन गरेका छन । राजकुमार बस्नेत, प्रभु बस्नेत, बाबुराम बस्नेतले सचालन गरेको उक्त माछाफार्मबाट राम्रो आम्दानी लिन सुरु भएपछी नया उत्साह र आकर्षक बढेको उनिहरुको भनाइ छ । उक्त माछाफार्ममा पुर्ब गृहराज्यमन्त्री तथा प्रदेश न.२ का प्रतिनिधिसभा सद्स्य श्याम कुमार श्रेष्ठले समेत अवोलोकन गरेका छन ।

त्यस्तै बेताली चौताराका स्थानिय युवा उद्वब कार्कीले समेत एक माछा फार्म दर्ता गरेका छन । दर्तासगै माछापोखरी निर्माण गरिरहेको कार्कीले बताए । पहिलो चरणमा बजारको मागलाइ ध्यान राख्दै २० हजार माछाको भुराहरु पोखरीमा हाल्ने तयारी भैइरहेको कार्कीले जानकारी गराए ।

त्यस्तै तरकारी खेतीबाट समेत राम्रो आम्दानीको कारण युवाहरुको आकर्षण बढ्दो छ । बेतालीकै स्थानिय युवा तथा एमालेका स्थानिय युवा नेता रोज बहादुर कार्की यस्को गतिलो उदाहरण हुन । गोलभेडा, अदुवा तथा बेसार खेतीबाट मात्र कार्कीले बार्षिक लाखौ आम्दानी गरिरहेको बताए । कपडा ब्यबसाय गर्दा-गर्दै भनेजस्तो नभएपछी ब्यबसायिक तरकारी खेतिमा लागी परेका कार्कीले कपडा ब्यबसायबाट भन्दा तरकारी ब्यबसायबाट राम्रो सन्तुष्टी मिलेको उन्को भनाइ छ ।

त्यस्तै कृषी सहकारी सस्था समेत खोली अगाडी बढेका बेतालीकै अर्का युवा सरोज फुयाल गोकुलगङगा गाउपालिकाका नमुना किसान हुन । आफ्नै वारी र बगैचामा फलाएका तरकारीले आफ्नो जिबिकोपार्जनसगै आम्दानी लिरहेको फुयालको भनाइ छ । तिते करेला, मुला, बेमौसमी साग, काक्रो, गोलभेडा, टामाटार जस्ता विभिन्न तरकारीहरुको उत्पादनले स्थानिय बजारमा तरकारीको अभाबलाइ परिपुर्ती गरिरहेको फुयालले बताए ।

गाउपालिकाका कै अर्का युवा सन्तोष थापामगरको भने अलि फरक ब्यबसायिक कृषिफार्म छ । भौगोलिक हिसाबले यातायातको असुबिधाको कारण माथीबाट बोकेर नै ल्याउनु परे पनि कृषीबाट विशेष सन्तुष्टी मिलेको उनी बताउछन । उनी भन्छन :” मैले यतिबेला आफ्नो आलु फल्ने जग्गामा भुइ स्याऊ( ग्राउण्ड एपल) लगाएको छु, बोरा बोकेर भएपनी बजारसम्म ल्याउने गर्छु अनि मागअनुसार भनेको ठाउमा पुर्‍याउने गरेको छु ।” त्यस्तै थापामगरले हजारौ संख्यामा चिराइतोको बिरुवा समेत लगाएका छन अबको केही बर्षमा चिराइतोबाट नै राम्रो आम्दानी लिन सक्ने मगरको बिस्वास छ ।

त्यस्तै वडा न.२ ठोसेका डबल बहादुर श्रेष्ठ पनि नया अबधारणा सहित ब्यबसायिक कृषिमा लागी परेका छन । ठूलो क्षेत्रफलमा अर्गेली खेतीलाइ उन्ले आफ्नो ब्यबसायिक खेती बनाएका छन । दोलाखाको श्यामामा समेत ठूलो क्षेत्रफल भाडामा लिएर श्रेष्ठले आफ्नो ब्यबसायको दायरालाइ फराकिलो बनाएका छन । लाखौको संख्यामा लगाएको अर्गेलीबाट आफ्नो भाबी पुस्तालाइ समेत आर्थिक रुपमा ठूलो सयोग मिल्ने श्रेष्ठको बुझाइ छ । उन्ले दोलाखाकै मालीमा अर्गेली प्रसोधन गर्ने उद्योग समेत स्थपना गरेका छन जाहा १० जना भन्दा बढी स्थानियहरुले रोजगार पनि पाएका छन । उक्त कारखानाबाट नेपाली कागज उत्पादन गरी देशभित्र तथा बिदेशमा आफ्नो उत्पादनलाइ निर्यात गर्ने गरेको श्रेष्ठको भनाइ छ ।

गाउपालिका रस्नालुका केही युवाहरुले जगलमा त्यसै खेर गएको मछ्छिनोलाई उपभोग गर्ने उदेश्यले कयौ मछ्छिनो फ्याक्ट्री समेत खोलेका छन । मछ्छिनोलाई प्रसोधन गरी तेल उत्पादन गरिरहेको स्थानिय संकर सुनुवारले बताए । जंगलमा त्यतिकै खेर गएको मछ्छिनोबाट गाउँका किसानहरुले समेत आम्दानी लिरहेको अर्का युवा ब्यबसायी तेम्बा सेर्पाले बताए । आफुहरुले मछ्छिनोबाट उत्पादन गरिएको तेल काठमाण्डौमा औषधिकोरुपमा बिक्री हुने सेर्पाको भनाइ छ । एक लिटर तेल्को मूल्य १५ सय भन्दा बढी भएको पनि सेर्पाले जानकारी दिए ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..