खुकुरीले रेटेर आफ्नै बाबु मार्ने छोरा पक्राउ

दाङ । बाबुलाई खुकुरीले रेटी हत्या गरेको आरोपमा तुलसीपुरका तेजबहादुर चौधरीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ८ कृष्णमन्दिर नजीकै बस्ने ५२ बर्षिय बुवा बाबुराम चौधरीलाई माघ १० गते राती सवा ११ बजे हत्या गरी डोरीमा झुण्ड्याएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

बाबुरामले आफ्नै घरमा झुण्डी आत्महत्या गरेको भन्ने घटना सम्वन्धमा ईलाका प्रहरी कार्यालयमा प्राप्त भएको जानकारीका आधारमा प्रहरी टोली खटी गई वारदात घटनाको वारेमा बुझ्दा मृतकको घाँटीमा चोटपट्क लागेकोदेखि थप अनुसन्धान गर्दा मृतका छोरा २९ बर्षिय तेज वहादुरलाई पक्राउ गरि अनुसन्धान शुरु गरिएको डिएसपी प्रकास सापकोटाले जानकारी दिए ।

छोरा तेजबहादुर र बुबा बाबुराम बसिरहेको अवस्थामा सामान्य घरायसी झै झगडा भएको कारण रिसको आवेगमा आई घरमै रहेको फलामे खुकुरीले पछाडीवाट घाँटी रेटी कर्तव्य गरी मारी आफै झुण्डी आत्महत्या गरेको जस्तो देखाउनलाई घरकै भान्सा कोठामा झुण्ड्याएको भनि खुल्न आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताइएको छ ।

बुवाको हत्या गरेको आरोपमा तेज वहादुरलाई पक्राउ गरि अनुसन्धान शूरु गरिएको छ । मृतक चौधरीको शब राप्ति अंचल अस्पताल तुलसीपुर दाङको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..