सिमा मिचिएको हल्ला झुठो हो, भगवान जस्तो छिमेकीलाई दोष लाउनेहरु पाप लागेर मर्छन् :मुकुनदे

मुकुन्द घिमिरे अर्थात नेपालका फेसवुके राष्ट्रपती । भविष्यको राष्ट्रपती भन्दै विहानै उनी आफ्नो फेसवुक टाईमलाईन तथा ग्रुपहरुमा आफ्ना दशर्न सेयर गर्न थाल्छन् र फेसवुक युजरलाई मुसुमुसु हसाउँछन् । त्यस्ता सन्देशमा प्राय हालका नेताहरुलाई पत्तासाफ हुनेगरी नै हप्काईएको हुन्छ भने आफु भविष्यको राष्ट्रपती हुने र सम्पुर्ण नेपालीले साथ सहयोग गर्ने उद्घोष गरिएको हुन्छ । रत्नपार्कमा नेता तथा विशिष्ट व्यक्तिको नाम जोडेर अश्लिल प्रवचन दिएको र मानिसहरुलाई बरालेको भन्दै मुकुन्द घिमिरेले जेलको हावा पनि नखाएका होईनन ।

पछिल्लो समय दैनिक आफ्ना दर्शन फेसवुकमा सेयर गरिरहेका छन् मुकुन्द घिमिरे । एक समय रत्नपार्कमा ठूलै भिड जम्मा गर्ने उनी अहिले विश्वव्यापी बनेका छन् तर सामाजिक सञ्जालको मार्फत । रत्नपार्कको रुखमा चढेर नानाभाती फलाक्ने उनको अहिले स्थान परिवर्तन भएको छ । रुखबाट उनी सानो ल्यापटप हुँदै त्यस्ले ओगटने विशाल भूगोलमा छाएका छन् । फरक छ उनी पहिला कराउथे अर्थात भाषण गर्थे तर अहिले विचार प्रवाह गर्छन ट्वीटर मार्फत । शैली फरक भएपनि उनले उठान गर्ने विषय भने बडो गज्जबको छ । वर्तमान विसंगति माथि गतिलो प्रहार र आफुले गर्ने कल्पनाको शयर र भविष्यवाणि । यी पात्र हुन मुकुन्दे अर्थात मुकुन्द घिमिरे । सिंहदरबारको नजिकै घट्टेकुलो एरिया भित्र रहेको एउटा हरियो गेट भित्रको ठुलो घर र त्यँही घर भित्रको ठ्याकै भयाङ मुनि एउटा सानो र अँध्यारो कोठा भित्र उनको बास छ । तर त्यही अध्यारो कोठाबाट उनले उज्ज्वल भविष्यको कल्पना गरिरहेका छन् । पहाडका भित्तैभित्ता रेलैरेल । मधेसमा खेतैखेत । ट्याक्टरले खेत जोत्ने । हेलिकप्टरले बीउ छर्ने । १० करोडसम्म जनतालाई सुखले पाल्ने । र, ३६५ दिन नै दसैं घोषणा गर्ने र देशै उज्यालो बनाउने न्यूनतम कार्यक्रम बोकेर हिंडिरहेका छन् यिनी अर्थात मुकुन्द घिमिरे ।

मुकुन्द आफ्नो Tweet मा येस्तो लेख्छन “सिमा मिचिएको हल्ला झुठो हो, पिल्लर ठड्याएको फोटो हो, पवित्र हिन्दुराज्य जिन्दावाद, महान हिन्दुस्थान धन्यवाद, भगवान जस्तो छिमेकीलाई दोष लाउनेहरु पाप लागेर मर्छन्, राक्षस जस्ता नेपालका शासकहरु सधैं इमोसनल ब्ल्याकमेलिङ गर्छन् मुकुन्द घिमिरे अर्थात नेपालका फेसवुके राष्ट्रपती । भविष्यको राष्ट्रपती भन्दै विहानै उनी आफ्नो फेसवुक टाईमलाईन तथा ग्रुपहरुमा आफ्ना दशर्न सेयर गर्न थाल्छन् र फेसवुक युजरलाई मुसुमुसु हसाउँछन् । त्यस्ता सन्देशमा प्राय हालका नेताहरुलाई पत्तासाफ हुनेगरी नै हप्काईएको हुन्छ भने आफु भविष्यको राष्ट्रपती हुने र सम्पुर्ण नेपालीले साथ सहयोग गर्ने उद्घोष गरिएको हुन्छ । रत्नपार्कमा नेता तथा विशिष्ट व्यक्तिको नाम जोडेर अश्लिल प्रवचन दिएको र मानिसहरुलाई बरालेको भन्दै मुकुन्द घिमिरेले जेलको हावा पनि नखाएका होईनन । पछिल्लो समय दैनिक आफ्ना दर्शन फेसवुकमा सेयर गरिरहेका छन् मुकुन्द घिमिरे । एक समय रत्नपार्कमा ठूलै भिड जम्मा गर्ने उनी अहिले विश्वव्यापी बनेका छन् तर सामाजिक सञ्जालको मार्फत । रत्नपार्कको रुखमा चढेर नानाभाती फलाक्ने उनको अहिले स्थान परिवर्तन भएको छ । रुखबाट उनी सानो ल्यापटप हुँदै त्यस्ले ओगटने विशाल भूगोलमा छाएका छन् । फरक छ उनी पहिला कराउथे अर्थात भाषण गर्थे तर अहिले विचार प्रवाह गर्छन ट्वीटर मार्फत । शैली फरक भएपनि उनले उठान गर्ने विषय भने बडो गज्जबको छ । वर्तमान विसंगति माथि गतिलो प्रहार र आफुले गर्ने कल्पनाको शयर र भविष्यवाणि । यी पात्र हुन मुकुन्दे अर्थात मुकुन्द घिमिरे ।

सिंहदरबारको नजिकै घट्टेकुलो एरिया भित्र रहेको एउटा हरियो गेट भित्रको ठुलो घर र त्यँही घर भित्रको ठ्याकै भयाङ मुनि एउटा सानो र अँध्यारो कोठा भित्र उनको बास छ । तर त्यही अध्यारो कोठाबाट उनले उज्ज्वल भविष्यको कल्पना गरिरहेका छन् । पहाडका भित्तैभित्ता रेलैरेल । मधेसमा खेतैखेत । ट्याक्टरले खेत जोत्ने । हेलिकप्टरले बीउ छर्ने । १० करोडसम्म जनतालाई सुखले पाल्ने । र, ३६५ दिन नै दसैं घोषणा गर्ने र देशै उज्यालो बनाउने न्यूनतम कार्यक्रम बोकेर हिंडिरहेका छन् यिनी अर्थात मुकुन्द घिमिरे । मुकुन्द आफ्नो Tweet मा येस्तो लेख्छन “सिमा मिचिएको हल्ला झुठो हो, पिल्लर ठड्याएको फोटो हो, पवित्र हिन्दुराज्य जिन्दावाद, महान हिन्दुस्थान धन्यवाद, भगवान जस्तो छिमेकीलाई दोष लाउनेहरु पाप लागेर मर्छन्, राक्षस जस्ता नेपालका शासकहरु सधैं इमोसनल ब्ल्याकमेलिङ गर्छन्।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..