अमेरिकाको एट्लाण्टामा पहिलोचोटि सरस्वति पूजा 

एट्लाण्टा, जर्जिया | वशन्त पंचामिको पावन अवसरमा अमेरिकाको एट्लाण्टामा पहिलोचोटि सरस्वति पूजा सहित साहित्यिक एवं सांस्कृतिक कार्यक्रम सम्पन्न गरियो |

अनेसास जर्जिया च्याप्टर तथा नासा (NASeA) साहित्यिक विभागको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमको संयोजन अमेरिकाका लागि नेपाल सरकारका पर्यटकिय सद्भावना दूत राजा घलेले गर्नुभएको थियो | अनेसास जर्जिया च्याप्टरका अध्यक्ष चेतनाथ घिमिरेको सभापतित्वमा संचालित उक्त कार्यक्रममा कोलोराडोबाट आउनुभएका साहित्यकार ज्ञानेन्द्र गदाल प्रमुख अतिथि रहनुभएको थियो | साँझ ६ बजे शुरु भएको सो कार्यक्रममा स्थानीय कलाकार, साहित्यकार हरुको सिर्जना प्रस्तुति सहित कवि एवं गीतकार ज्ञानेन्द्र गदालको करिव एक घण्टा एकल कृतिवाचन कार्यक्रम रहेको थियो |

प्रमुख अतिथिबाट पानसमा वत्ति बाली सरस्वतीको मूर्तिमा फूल चडाइ शुरु गरिएको कार्यक्रमको प्रारम्भमा NASeA को बोर्ड मेम्बर समेत रहनुभएकी शिक्षासेवी नमिता घिमिरेले सरस्वति वन्दना पाठ गर्नुभएको थियो | त्यसपछि कार्यक्रमका संयोजक राजा घलेले उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभयो | आयोजक संस्था NASeA को तर्फबाट NASeA साहित्य विभागकी संयोजक डा. विनिता केसीले आफ्नो छोटो मन्तव्य सहित कविता वाचन गर्नुभयो | त्यसपछि NASeA एवं अनेसास जर्जियाकि उपाधक्ष्य अमिका लोहनीले यस्तो किसिमको कार्यक्रम अट्लनटामा पहिलो भएको र यसलाई अब मासिक रुपमा निरन्तरता दिने हौसला यस कार्यक्रमले बढाएको कुरा बताउनुभयो |

स्थानिय कलाकार किरण मानिके र डा. सुदिप श्रेष्ठको मिठो गीतको प्रस्तुति पछि मुख्य कार्यक्रम गीतकार एवं कवि ज्ञानेन्द्र गदालको एकल कृतिवाचन शुरु गरियो | सरस्वति पूजाको महत्वको अलिकति चर्चा गर्दै सानैदेखि यसबाट प्रभावित हामीले नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न यस्ता कार्यक्रमहरुले सहयोग पुर्याउने कुरामा जोड दिंदै अट्लनटामा पनि यसले अबदेखि निरन्तरता पाउनेमा विश्वास व्यक्त गर्नुभयो | छोटो मन्तव्यपछि केहि राष्ट्रिय भावनाका, केहि माया-प्रेमका र केहि जीवन दर्शनका एक दर्जन गीत, गजल र कविताहरु वाचन गर्नुभयो |

स्थानिय व्यक्तित्वहरु, वालबालिकाहरुको वाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा चाख लिएर कविता सुन्ने र मनन गर्ने धैर्यता सबैमा देखिन्थ्यो | नमिता घिमिरे, अमिका लोहनी र विद्या गुरुङको सहयोगमा प्रमुख अतिथिको हातबाट उपस्थित वालबालिकालाई कापी, पेन्सिल तथा केहि पाठ्यसामाग्री वितरण समेत गरियो | त्यसपछि कार्यक्रमका सभापति, NASeA कि उपाध्यक्ष्य, साहित्य समिति NASeA कि प्रमुखको सहभागितामा पर्यटनदुत राजा घलेले प्रमुख अतिथि ज्ञानेन्द्र गदाललाई सम्मान गर्दै मायाको चिनो प्रदान गर्नुभयो | कार्यक्रमको अन्तमा सभापति चेतनाथ घिमिरेले उपस्थित सबै महानुभावहरुलाई धन्यवाद दिंदै ज्ञानेन्द्र गदालको गीत, गजल, कविताहरुको समिक्षा गर्दै यस्तो ओजपूर्ण सिर्जनाले स्थानीय आट्लनटावासीलाई साहित्यिक गतिविधिमा लाग्न प्रेरणा मिलेको र अव यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता समेत जाहेर गर्नुभयो | कार्यक्रममा प्रत्यक्ष सहयोग गर्ने स्थानीय महानुभाव र सहभागी कविहरुलाई प्रशंशापत्र समेत प्रदान गर्नुभयो |

अनेसास जर्जिया च्याप्टरका महासचिव किरण मानिकेद्वारा संचालन गरिएको उक्त कार्यक्रम जर्जिया स्थित Himalayan Spice नामक नेपाली Restaurant मा सम्पन्न भएको थियो |

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..