नेपाल–भारत सम्बन्धका विषयमा कस्ले के भने ?

काठमाडौ । नेकपा एमालेका नेता एवम् नेपाल–भारत प्रवुद्ध समूह (ईपिजी) का नेपाल समूहका सदस्य डा. राजन भट्टराईले नेपाल–भारत सम्बन्ध अब २१ औं शताब्दी अनुसार नयाँ उचाईमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले ६९ औं भारतीय गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध ः आगामी दिनमा द्धिपक्षीय संभावना र चूनौतिहरु’ नामक विशेष साक्षात्कारमा बोल्दै नेता भट्टराईले द्धिपक्षीय सम्बन्धमा नयाँ आयाम थप्नेगरि अहिले सघन छलफल भैरहेको बताउनुभएको हो ।

भट्टराईले नेपालको विदेश नीति आफ्नो राष्ट्रिय हित अनुकुल नै अघि बढ्ने भएकोले आगामी दिनमा पनि यही अडानका साथ छिमेकी मुलुकहरुसँग पारस्परिक सम्बन्ध राखिने जनाउनुभयो । उहाले आजको युग भनेको द्धिपक्षीय र बुहपक्षीय सम्बन्धलाई ध्यानमा राखेर अघि बढ्ने युग भएकोले यसबारे विभिन्न अभ्यासहरु भैरहेको जानकारी दिनुभयो ।

खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादवलेनेपाल–भारत सम्बन्ध आगामी दिनमा अझै प्रगाढ र सुमधुर भएर अघि बढ्ने विश्वास दिलाउनुभयो । गठबन्धनको नयाँ सरकार बन्दैमा पूर्ववर्ती सरकारले छिमेकीहरुसँग अघि सारेका र गरेका कामहरुमा कुनै प्रभाव नपर्ने उहाको विश्वास थियो ।

त्यस्तैमाओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले नेपाल–भारत सम्बन्ध ऐतिहाँसिक भएको उल्लेख गर्दै आगामी दिनमा पनि नेपालले आफ्नो हितलाई केन्द्रमा राखेर भारत र चीनसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।

राष्ट्रिय जनता पार्टीका महामन्त्री मनिष सुमनले नेपाल–भारत सम्बन्ध सदियौंदेखि विशिष्ट रहेकोले आगामी दिनमा अझै प्रगाढ हुने बताउनुभयो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..