बामगठबन्धन र मधेशवादी दलबीच यसकारण कुरा मिलेन

काठमाडौ । राष्ट्रियसभाको निर्वाचन, भावी सरकार गठनलगायत विषयमा तालमेल गर्न फोरम र राजपाले संबिधान संसोधन सहित प्याकेजमै सहमती हुनुपर्ने अडान राखेको छ ।

एमाले र माओवादी सम्मिलित वाम गठबन्धन तथा राष्ट्रिय जनता पार्टी र फोरम नेपालबिच मंगलबार एमाले दलको कार्यालय सिंहदरबारमा भएको दोश्रो छलफलमा राष्ट्रियसभा चुनावका लागि तालमेल गर्न सहमति गर्नुसँगै सविधान संशोधनको विषयलाई पनि प्याकेजमै ल्याउनुपर्ने प्रस्ताव राजपा र फोरम नेपालले अघि सारेको हो । फोरम र राजपा नेपालको यस्तो प्रस्तावप्रति एमाले पनि सकारात्मक देखिएको छ ।

तर प्रदेशको टुङ्गो लाग्नुअघिको संसोधन प्रस्ताव प्रदेशको निर्वाचन भएपछि कति सान्दर्भिक हुन्छ भनी गठबन्धनका नेताहरुले बैठकमा प्रश्न गरेको बैठकपछि एमाले नेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।

वामगठबन्धनसँग राष्ट्रियसभा चुनावका लागि तालमेलको विषयमा सहमति गर्दा सविधान संशोधनका विषयमा पनि प्याकेजमा सहमति हुनुपर्ने राजपाका नेता बृशेषचन्द्र लालले जानकारी दिनुभयो । राज्यपुनसंरचनाका बिषयमा प्रतिवद्धता आएपछि तालमेलको बिषयमा अघि बढ्ने उहाको भनाई छ ।

सविधान संशोधन र सीटको विषयमा दलका शीर्ष तहमा छलफल गरेर पुन बस्ने गरी बैठक स्थगित गरिएको बैठकपछि नेताहरुले जनाएका छन् । यसअघि मंगलबार बिहान पनि तालमेलका बिषयमा एमाले र माओवादी सम्मिलित वाम गठबन्धन तथा राष्ट्रिय जनता पार्टी र फोरम नेपालबिच छलफल भएको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..