भोलि शान्तिपूर्ण रुपमा मनोनयन दर्ता गर्न आह्वान

काठमाडौ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भोलि शान्तिपूर्ण रुपमा मनोनयन दर्ता गर्न आह्वान गर्नु भएको छ ।

२१ राजनीतिक दलका लागि आयोगले आज गरेको अभिमुखीकरणकार्यक्रममायादवले यस्तो बताउनुभयो । राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयनपत्र दर्ताको सबै तयारी पूरा भएको जानकारी पनि उहाँले गराउनुभयो ।

अभिमुखीकरणमा सहभागीलाई राम्रोसँग सिकेर जान र आफ्ना उम्मेदवार तथा मतदातालाई पनि सही तरिकाले मत सङ्केत गर्न सिकाउन यादवले आग्रह गर्नुभयो । आयोगका सहसचिव नवराज ढकालले सातवटै प्रदेशमा मतदान र मतगणना हुने उल्लेखगर्दै यसलाई मर्यादित र शान्तिपूर्ण बनाउन दलहरूबाट पूरा सहयोग तथा समर्थन हुने विश्वास व्यक्त गर्नुभयो ।

यसैबीच भोलि सातवटै प्रदेशको उच्च अदालत रहेका मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्लाको सदरमुकाममा रहेका निर्वाचन अधिकृतका कार्यालयमा उम्मेदवारी दर्ता गराउने सबै तयारी पूरा भएको आयोगले जनाएको छ । बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारले मनोनयनपत्र दर्ता गराउन सक्ने आयोगको भनाइ छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..