राजधानीसहित देशभर बिहानैदेखि वर्षा, वर्षा दिनभर जारी रहने, चिसोसमेत बढ्यो

काठमाडौ । राजधानी काठमाडौंलगायत देशभरको मौसम परिवर्तन भएको छ । काठमडौंमा आज बिहानैदेखि पानी परेको छ । बर्षाको चिसो समेत बढेको छ ।

मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार, (पश्चिमी वायुको प्रभावका कारण मौसम परिवर्तन भएको हो । विभागका अनुसार आज दिनभर मौसम बदली हुनेछ ।
देशको पश्चिमी भेगमा बढी बर्षा हुने विभागले जनाएको छ। काठमाडौंमा भने पश्चिमी भेगको तुलनामा कम पानी पर्ने विभागले जनाएको छ ।

उच्च पहाडी जिल्ला र हिमाली भेग (मनाङ, गोरखा, कालिन्चोकलगायतका स्थानमा( भारी हिमपात भएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..