धनगढी प्रिमियर लिगमा ६ टोली सहभागी हुने निश्चित

काठमाडौ । आगामी चैतमा आयोजना हुने तय भएको धनगढी प्रिमियर लिग (डीपिएल(२) मा पनि ६ टोलीको सहभागिता हुने निश्चित भएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सहभागि ६ टिम, टिम सञ्चालक र रणनीतिक खेलाडीको घोषणा गरेको हो । यसअघि सहभागि टोलीको संख्या बढ्न सक्ने बताएपनि अन्ततः ६ टोलीकै सहभागिता हुने भएको हो।दोस्रो संस्करणमा पनि पहिलो संस्करण खेलेका ५ टोली नै निरन्तर छन् ।

पहिलो संस्करणमा खेलेको कञ्चनपुर आइकोनिक्सको स्थानमा यस पटक महेन्द्रनगर युनाइटेडको टिम सहभागि हुँदैछ । यसबाहेक डिफेण्डिङ च्याम्पियन टिम चौराह धनगढी, विराटनगर किंग्स, सिवाईसी अत्तरिया, काठमाडौं गोल्डेन्स र रुपन्देही च्यालेन्जर्स छन्। आयोजक डिसिएका अध्यक्ष सुवास शाहीले यस पटक कञ्चनपुरको स्थानमा महेन्द्रनगरको टिम सहभागि जानकारी दिनुभएको हो । यस्तै आयोजकले सहभागि ६ टिमका लागि एक–एक रणनीतिक खेलाडी पनि घोषणा गरेको छ ।

जसअन्तर्गत चौराह धनगढीको टिममा सोमपाल कामी, विराटनगर किंग्समा पारस खड्का, अत्तरियामा दीपेन्द्र सिंह ऐरी, काठमाडौं गोल्डेन्समा ज्ञानेन्द्र मल्ल, रुपन्देहीमा शक्ति गौचन र महेन्द्रनगरमा विनोद भण्डारी छन् । आयोजकले उनीहरुको न्युनतम मुल्य २ लाख रुपैयाँ रहेको जनाएको छ । यस्तै सहभागि ६ वटै टिमको सञ्चालक पनि घोषणा भएको छ।

यसअघि सम्पन्न भएको इपीएलले आइसीसीको मान्यता पाएको थियो र त्यसबापत इपीएल आयोजकले आइसीसीलाई २० हजार अमेरिकी डलर बुझाएको थियो । झण्डै ३ करोड लागतमा सञ्चालन हुने रुस्लान डीपीएल २ को विजेताले नगद २५ लाख हात पार्नेछन्।

जुन अहिलेसम्मकै सर्वा्धिक नगद राशी हुनेछ। यस्तै उपविजेतालाई १० लाख प्राप्त गर्नेछन्। तेस्रो हुनेलाई ३ लाख र चौथोलाई २ लाख दिइने आयोजकले जनाएको छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..