आमाको मृत्युपछि घर सफा गर्दा बाकसमा भेटियो लाश, आमाले वर्षौं लुकाएकी थिइन् रहस्य

आमाको मृत्युपछि घर सफा गर्दा बाकसमा भेटियो लाश, आमाले वर्षौं लुकाएकी थिइन् रहस्य 1

लण्डन। इङल्याण्डको एक परिवारका छोराछोरी आफ्नी आमाको मृत्यु भएपछि उनको पुरानो घरको सरसफाइ गरिरहेका थिए । यही क्रममा उनीहरुले एउटा बाकसमा राखिएको बच्चाको लाश देखेपछि नराम्रोसँग झस्किए । यो लाशलाई ममीजस्तै लेप लगाएर सुरक्षित राखिएको थियो । पछि थाहा भयो कि यो लाश उनीहरुकै दाजुको थियो जसको बारेमा आमाले उनीहरुलाई कहिल्यै बताएकी थिइनन् । यहाँसम्म कि त्यो बच्चाको बारेमा उनीहरुका पितालाई समेत थाहा थिएन । यो रहस्य उनीहरुकी आमाले सबैसँग लुकाएर राखेकी थिइन् ।

इङल्याण्डको नर्थलर्टन शहरमा बस्ने दुई दिदीबहिनी र एक भाइ आमा क्यारोलको मृत्युपछि घरको सफाइ गर्दै थिए । यही क्रममा उनीहरुले भर्याङमुनि राखिएको डेढ फिटको बाकस भेटे । बाकसभित्र एक नवजात शिशुको शव राखिएको थियो । शव कपडामा बेरिएको थियो । शवलाई ममीजस्तै लेप लगाएर सुरक्षित राखिएको थियो । यसका अलावा बाकसमा केही खामहरु पनि थिए । उनीहरुलाई यसबारे केही जानकारी थिएन त्यसपछि उनीहरु नजिकैको पुलिस स्टेशन पुगे ।

पुलिसले यस विषयमा सबैभन्दा पहिले परिवारका सदस्यहरुसँग सोधपुछ गर्यो । तर, सबैले कुनै जानकारी नभएको बताएपछि पुलिसले नवजात शरीरको पोष्टमार्टम र डिएनए परीक्षण गरायो । डिएनए परीक्षणबाट थाहा भयो कि त्यो नवजात शिशु उनीहरुकी आमा क्यारोलकै छोरा थिए । नवजात जुन कपडामा भेटिएका थिए त्यसको जाँचबाट थाहा भयो कि कपडा ६० वर्ष पुरानो थियो । बाकसमा भेटिएका खाममा राखिएको चिठीमा अगष्ट १९६८ को मिति लेखिएको थियो ।

सोधपुछका क्रममा क्यारेलका पूर्वपति र ती तीन सन्तानका पिता मेल्भिन थम्पसनले बताए कि यो गर्भको लागि उनी जिम्मेवार थिएनन् । न उनलाई यो बाकस र बच्चाको बारेमा थाहा छ । क्यारोल र मेल्भिनको विवाह १९६८ मा भएको थियो । त्यसपछि उनीहरु नर्थलर्टनका केह िठाउँमा सर्दै बसे । १९९६ मा उनीहरुको सम्बन्धविच्छेद भयो । यही वर्ष क्यारोलको पनि मृत्यु भयो । क्यारोलका जीवित ३ सन्तानको जन्म १९६८ पछि भएको थियो र यिनीहरुमध्ये कसैलाई पनि आफ्नो चौथो दाजुको बारेमा थाहा थिएन ।

यी शिशु १९६८ भन्दा पहिले जन्मिएका थिए जसको अर्थ क्यारोल बिहेभन्दा पहिले पनि एक पटक आमा बनेकी थिइन् । तर, उनले जिन्दगीभर यसबारे कसैलाई बताइनन् ।  जाँच अधिकारीका अनुसार यो पत्ता लगाउन सम्भव छैन कि बच्चाको मृत्यु कसरी भयो । जाँच अधिकारीले यसअघि यस्तो केस कहिल्यै नदेखेको बताएका छन् । नवजात ९ महिना गर्भमै पूरा भएर जन्मिएको जाँचमा खुलेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..