मिलन अमात्य “एभरेष्ट म्युजिकल ब्लाष्ट 2” को लागि युके आई पुगिन

ई-मिडिया हब युकेको दोश्रो साँगितिक प्रस्तुती एभरेष्ट म्युजिकल ब्लाष्ट २ मा साँगितिक प्रस्तुती दिन नेपालबाट गायिका मिलन अमात्य युके आईपुगेकी छिन ।

आउँदो २७ तारिख शनिबार साँझ देखी अल्डरसटको एम्म्पाएर हल देखी सुरु हुने “एभरेष्ट म्युजिकल ब्लाष्ट २” युकेको बिभिन्न शहरहरुमा हुने तालिका ई-मिडिया हबले सार्बजनिक गरिसकेको छ ।

गायिका मिलन अमात्य सहित “एभरेष्ट म्युजिकल ब्लाष्ट २” कार्यक्रममा ममता गुरुङ एभरेष्ट आईडल युके बिजेताहरु सोनाहाङ राई, निमान प्रताप लामा, दिप प्रकाश राई, सुमी राई लगायत अन्य स्थानहरुमा आयोजना हुने कार्यक्रमहरुमा आसफोर्डमा बिषेश प्रस्तुतिका लागी गायक, संगितकार बि सि राई, गायक धन गुरुङ उलविच लण्डनमा गंगा थापा (नाम्लो ब्याण्ड) प्रमोद राज न्यौपाने, दिपक थापा लगायत अन्य कलाकारहरुले आफ्नो प्रस्तुती दिने छन ।

गायिकालाई एयरपोर्टमा ई-मिडिया हबका सिईओ ईश्वर चाम्लिङ, हेडअफ ईन्टरटेन्टमेन्ट किसान राई र भुमिराज राई स्वागत गरेका थिए ।

एयरपोर्टबाटै गायिकाले सबैलाई कार्यक्रममा उपस्थित हुन हार्दिक अनुरोध गर्दै चुले निम्तो गरेकी छिन ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..