सर्वत्र विरोध भएपछि सरकार जोरविजोर प्रणाली हटाउन बाध्य

काठमाडौ । सबैतिर चर्को विरोध भएपछि एसिया प्यासिफिक समिटलाई मध्यनजर गरी यही मंसिर १३ गतेदेखि १६ गतेसम्म लागु गरिएको जोर विजोर प्रणाली आजदेखि हटाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गृह मन्त्रालयको निर्देशनमा आज बिहान ११ः३० बजेदेखि जोर विजोर प्रणाली खारेज गरिएको हो । काठमाडौँ उपत्यकामा जोर विजोर प्रणाली लागु भएपछि सर्वसाधारणहरुले निकै दुःख बेहोर्नुपरेको थियो ।

एक धर्मप्रचारक संस्थाको कार्यक्रमका लागि सर्वसाधारणलाई बिना कारण दुःख दिएको भन्दै चौतर्फीरुपमा विरोधका स्वरहरु सुनिएका थिए । काँग्रेस नेता गगन थापा लगायतले जोरबिजोर प्रणाली बहिस्कार गर्न आह्वान समेत गरेका थिए ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..