१६० महिलाको यौन शोषण गर्ने डाक्टरलाई १७५ वर्ष जेल सजाय !

अमेरिकी ओलम्पिक जिम्नास्टिक्स टिमका पूर्व डक्टर लैरी नस्सारलाई यौन उत्पीडनको आरोपमा १७५ वर्ष जेल सजाय सुनाइएको छ। १६० पीडितको बयानपछि उनलाई सजाय सुनाइएको हो ।

नस्सारले अदालतमा माफी माग्ने कोशिस गरेका थिए । तर न्यायाधीशले यसो भन्दै अस्वीकार गरे कि उनले ‘आफुनो बचेको जिन्दगी अँधेरोमा गजार्नुपर्नेछ।’

नस्सारलाई कयौ युवतीसँग यौन उत्पीडनमा दोषी पाइएको थियो । जसमा केही ओलम्पिक खेलाडी पनि समावेश छ । ५४ वर्षीय नस्सारलाई पहिला पनि चाइल्ड पोर्न राखेको आरोपमा ६० वर्ष जेल सजाय सुनाइसकिएको छ।

न्यायाधीश रोजमैरी अकिलिनाले सजाय सुनाउँदै नस्सारका लागि निकै कडा शब्द प्रयोग गरेका छन् । उनले नस्सारलाई सम्बोधन गर्दै भनेका छन्–सर्भाइबर महिलाहरुको कुरा सन्न मेरा लागि जति सम्मानको कुरा हो, त्यति नै सम्मान आज सजाय सुनाउनुमा छ । किनभने सर, तपाई जेलबाहिर रहन लायक नै छैनौ ।

उनले भने–मैले अहिले नै तपाईको मृत्युको वारेन्टमा हस्ताक्षर गरेँ ।

पीडितहरुले विगत एक सातादेखि अदालतमा बयान दिइरहेका थिए । अन्ततः नस्सारलाई पनि अदालतमा आफ्नो पक्षमा कुरा राख्ने अवसर दिइयो । उनले भने–यो बताउन मसँग कुनै शब्द छैन कि जे भयो त्यसका लागि म पश्चातममा छु ।

चारपटक ओलम्पिक च्याम्पियन रहेकी सिमोन बाइल्सले पनि हालै ट्वीट गर्दै लैरी नस्सारले उनको पनि यौन शोषण गरेको सार्वजनिक गरेकी थिइन् । रियो ओलम्पिक्सको स्टारले एक भावनात्मक वक्तव्य जारी गर्दै आफू नस्सारलाई आफुनो सुख शान्ति खोस्न नदिने बताएकी थिइन् ।
२० वर्षीया सिमोन बाइल्सले भनिन्–मलाई थाहा छ कि यो भयानक अनुभवले मलाई परिभाषित गर्दैन । ममा योभन्दा कयौ गुणा बढी शक्ति छ ।

मिशिगनबाट बीबीसी सम्वाददाता रजिनी वैद्यनाथनका अनुसार एक सातासम्म चलेको सुनुवाईका क्रममा महिलाहरुको कथामा आश्चर्यजनक समानता थियो । नस्सारले यी महिलाहरुलाई उपचारका लागि बोलाउँथे । तर उनीहरुको पीडा कम गर्नुको साटो उनीहरुको सरलतामाथि खेलबाड गर्ने गर्दथे । त्यसमध्ये केही कम उमेरका पनि थिए । उनीहरुलाई लामो समयसम्म थाहा हुँदैन थियो कि उनीहरुको यौन उत्पीडन भइरहेको छ।
यसक्रममा निस्सार केही दूरीमा मात्र बसेका थिए । पीडितहरु आउँदै गए र उनीहरुको आँखामा हेरेर उनलाई उनको कुकृत्य स्मरण गराउँदै गए । रजिनीका अनुसार ‘यो नै सुनुवाईको सबैभन्दा असाधारण कुरा थियो । बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..