जापानले खाद्य सुरक्षाका लागि ५० मिलियन जापानी ऐन सहयोग गर्ने

काठमाडौ । जापान सरकारले खाद्य सहायता परियोजनाअन्तर्गत नेपाललाई तीन सय ५० मिलियन जापानी ऐन अनुदान सहयोग गरेको छ ।
अनुदान सहायतासम्बन्धी सहमतिपत्रमा अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा अर्थमन्त्रालयका सचिव शंकर प्रसाद अधिकारी र नेपालका लागी जापानका राजदूत मासाशी ओगावाले हस्ताक्षर गर्नुभएको हो । अनुदानस्वरुप प्राप्त रकम चामल खरिद तथा ढुवानीमा खर्च गरिने छ ।

अन्तराष्ट्रिय बजारबाट चामल खरिद गरेर खाद्यान्न अभाव भएका स्थानमा परिपूर्ति गरिने छ । नेपाल खाद्य संस्थानले कार्यान्वयन गर्ने उक्त परियोजना अन्तर्गत खाद्यसुरक्षा सुनिश्चितता तथा अर्थतन्त्रलाई स्थायित्व प्रदान गर्न सघाउने बताईएको छ । कार्यक्रममा अर्थमन्त्रालयका सचिव अधिकारीले जापानको सहयोग प्रति आभार व्यक्त गर्दै यस सहयोगबाट खाद्य सुरक्षाका लागी महत्वपूर्ण कार्य सम्पन्न हुने बताउनुभयो ।

त्यस्तै राजदूत मासाशी ओगावाले पर्याप्त खाद्यपदार्थको अभावमा पीडित भएका व्यक्तिहरुका लागी सहयोग गरेको भन्दै नेपाललाई जापानको सहयोग निरन्तर हुने धारणा राख्नुभयो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..