गर्भाधानका बेला सेक्सः कति सही कति गलत ?

एक सर्भेका अनुसार दशमध्ये एक बेलायती दम्पत्तिले आफूहरुले गर्भाधानका बेला शारीरिक सम्बन्ध कायम गर्नु गलत भएको बताएका छन् । पैरेन्टिङसम्बन्धी शोध गर्ने बेलायतको ‘च्यानल मम’ले २ हजार जना अभिभावकमा गरेको सर्भेमा यस्तो तथ्य फेला परेको हो ।

यता ६ मध्ये एक दम्पत्तिले गर्भाधानको ९ महिना शारीरिक सम्बन्धबाट टाढै रहने गरेको बताए । उनीहरुले यौन सम्बन्ध कायम गर्दा बच्चामा असर पर्न सक्ने भएकाले शारीरिक सम्बन्ध कायम नगरेको स्वीकार गरेका छन् ।

सर्भेमा महिलाहरुको ठुलै समूहले गर्भाधानको चार महिनासम्म आफ्नो यौन जीवन राम्रो रहेको बताए । यद्यपि छैटौ महिनामा ५७ प्रतिशत जोडीले यौन सम्बन्ध कायम गर्न छाड्ने गरेका थिए ।

यद्यपि गर्भाधानका बेला यौन सम्बन्ध कायम गर्ने विषयमा अर्को एउटा फ्याक्टरले काम गर्दछ । वास्तवमा धेरै महिलाले गर्भाधानका बेला निकै कम अट्रैक्टिभ फिल गर्दछन् । ६५ प्रतिशत पुरुषले गर्भाधानका बेला आफ्नी पार्टनरलाई निकै सुन्दर देखेको बताए ।

साइकोजलिस्ट तथा रिलेशनसीप एक्सपर्ट एम्मा केन्नीका अनुसार शरीरमा जुन परिवर्तन हुन्छ, त्यसको असर यौन जीवनमा पर्ने गर्दछ । गर्भाधानका बेला पनि यस्तै हुन्छ । कतिपय जोडी यो समयमा निकै राम्रो परफर्म गर्दछन् त कतिको सामान्य यौन जीवन मेन्टेन गर्दछन् । यसक्रममा पार्टनरलाई एकअर्कालाई इमोशनली सपोर्ट गर्नु जरुरी छ।

च्यानल ममका संस्थापक सिओभन फ्रीगार्डका अनुसार गर्भाधानका बेला सेक्स सधैं विवादित विषय बनेको छ। यद्यपि बेलायतको नेशनल हेल्थ सर्भिसले गर्भाधानका बेलाको यौन सम्पर्क सुरक्षित हुने बताएको छ। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..