आधाभन्दा बढी भारतीय महिला श्रीमानको कुटाइलाई किन गलत मान्दैनन् ?

भारतको नेशनल फेमिली हेल्थ सर्बे २०१५–२०१६ मा घरेलु हिंसाको विषयमा गरिएको सर्भेमा आश्चर्यमा पार्ने खुलासा भएको छ । यो तथ्यांक ती महिलाहरुको हो जो पुरुषको हातबाट पिटिने गर्दछन् । तर, उनीहरु यसलाई गलत भने मान्दैनन् । यस्तो मान्यता राख्ने भारतीय महिलाहरुको तथ्यांक थोरै छैन पुरै ४९ प्रतिशत रहेको भारतीय संचार माध्यमले जनाएका छन् ।

सर्भेका क्रममा कयौ महिलाले स्वीकार गरे कि यदि श्रीमानको कुरा नमाने तब श्रीमानले पिट्ने बताए । महिलाहरुका अनुसार यदि श्रीमानले घरको काम नगर्दा, बालबच्चाको ख्याल नगर्दा र शारीरिक सम्बन्ध कायम गर्न नदिँदा कुटपिट गरे त्यो गलत नहुने बताएका छन् ।

कुुल ३६ सय ७२ जना महिलामध्ये करिब ७५ प्रतिशत महिलाले मदिरा सेवन गरेका कारण श्रीमानहरुले आवेशमा आएर पिट्ने गरेको बताए । केवल १६प्रतिशत महिलाका श्रीमानले मात्र चिया पिउने गरेको सर्भेमा पाइएको थियो । तैपनि चिया मात्र पिउने श्रीमानहरुले पनि श्रीमती कुट्न भने बाँकी राखेका थिएनन् ।

हताश गर्ने अर्को कुरा पनि छ, श्रीमान र परिवारका सदस्यले मानसिक, भावनात्मक, शारीरिक र यौन प्रताडनापछि पनि केवल ९ प्रतिशत महिलाहरुले मात्र सहयोगको साहरा लिने गर्दछन् । यो सर्भे भारतको महाराष्ट्रमा १५ देखि ४९ वर्ष उमेरका ४ हजार ६ सय ५८ जना महिला र ४ हजार ४ सय ९७ पुरुषमा गरिएको थियो । ठाणेका मेयर मीनाक्षी शिन्देका अनुसार उनले कयौपटक घरेलु हिंसाको गुनासो आउने गरेको तर ती महिलाहरु परम्परा वा पारिवारिक मूल्यको नाममा झुक्ने गरेको बताइन् । त्यस्ता महिलाहरुले श्रीमानविरुद्ध उभिने आत्मविश्वास जुटाउन नसक्ने गरेको उनको भनाइ छ।

मनोवैज्ञानिक डाक्टर अदिति आचार्यका अनुसार कयौ महिलारु श्रीमानमै निर्भर भएका कारण पनि श्रीमानविरुद्ध कदम चाल्न सक्दैनन् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..