चलचित्र केःसाङ्लाको शीर्ष गीत सार्वजनिक

काठमाडौं । पछिल्लो समयमा बहुप्रतिक्षित बन्दै गएको चलचित्र केःसाङ्लाको शीर्ष गीत ‘केसाङ्ला मुक्ते सिर्लिङ्र्लिङ….’ युट्युवमार्फत सार्वजानिक भएको छ । गीतलाई आसेवारो प्रोडक्सनले युट्युवमार्फत सार्वजानिक गरेको हो ।

श्रेयसी चेम्जोङको स्वरमा रहेको यस गीतलाई यासेली योङहाङले रचना गरेका हुन् ।

२३ डिसेम्बरमा हङकङको या मा तेईस्थीत कम्युनिटी हलबाट प्रदर्शन शुरु हुन लागेको यस चलचित्रलाई भीम तुम्बाहाम्फेले निर्माण गरेका हुन् । भीम तुम्बाहाम्फेकै मुख्य भूमिका रहेको चलचित्रमा अन्य कलाकारहरु लक्ष्मी योङहाङ, विशाल सेनेहाङ, याम्निङ्वा योङहाङ, मेनका सावदेन, सनम पहाङ्गो लिम्बू, हर्क बहादुर लुम्फुङवा, चन्द्र कुमार लेक्वा, महिमा लिम्बू, गंगा तुम्बाहाम्फे, भूपेन्द्र तुम्बाहाम्फे, दिनेश माङ्मु आदि कलाकार छन् ।

देवेन्द्र सुर्केलीको पटकथा, भूपेन्द्र तुम्बाहाम्फेको छायांकन, दिनेश माङ्मुको कोरियोग्राफ रहेको चलचित्रको कथा लेखन तथा निर्देशन लोकेन साँवाले गरेका हुन् ।

केसाङ्ला चोक्फुङ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..