यस्ता खानेकुराले दिमाग बनाउँछ चुस्त र तेज

दिमाग मानव शरीरको निकै महत्वपूर्ण अंग हो, जुन मानिसको गतिविधिहरु र त्यसलाई नियन्त्रण गर्नका लागि पनि जिम्मेवार हुन्छ । यही दिमागले मानिसलाई सफलता र असफलता दिलाउने गर्दछ । तेज दिमाग हुनेहरु सफल हुन्छन् भने सुस्त दिमागहरुलाई सफलताको सिढी चढ्न मुश्किल हुने गर्दछ । यदि तपाई पनि आफ्नो दिमाग तेज बनाउन चाहनु हुन्छ भने खानपिनमा ध्यान दिने गर्नुस् । त्यसका लागि यो पाँच सुपरफुड निकै लाभकारी मानिएको छ :

ओखर

ओखर तपाईको मुटु र दिमाग दुवैका लागि लाभदायी छ । यसमा अल्फा इनोलेनिक एसिडका साथसाथै अन्य पोषक तत्व भरपुर मात्रामा हुने गर्दछ । यसले दिमागसम्म पर्याप्त मात्रामा अक्सिजन पुराएर रक्तसंचारलाई बढाउने गर्दछ । जसबाट दिमागी क्षमतामा वृद्धि हुन्छ ।

जैतुन

जैतुनको तेल अर्थात अलिभ आयलमा मोनोसेच्युरेटेड फ्याट भरपुर हुन्छ । जसले दिमागलाई लामो समयसम्म स्वस्थ र सुरक्षित राख्न सहयोग गर्दछ ।

बेरी

ब्लुबेरी होस् कि ब्ल्याक बेरी, एन्टीअक्सिडेन्टले भपुरपुर यो फल तपाईको दिमागका लागि निकै लाभदायी हुन्छ । यसले तपाईको एकाग्रतालाई बढाउन पनि सहयोगीसिद्ध हुन्छ ।

कफी

कफीमा भरपुर मात्रामा एन्टीअक्सिडेन्ट तत्व हुन्छ, जसले केवल तपाईको तनाव गर्न गर्न मात्र सहयोगी छैन, यसले दिमागी क्षमता पनि बढाउने गर्दछ ।

अभोकाडो

अभोकाडोमा पाइने मोनोसैच्युरेटेड फ्याट भैस्कुलरले स्वास्थ्यलाई राम्रो गर्दछ । यसले रक्त संचारलाई पनि चुस्त राख्दछ, जसका कारण दिमागको कार्यक्षमता बढाउने गर्दछ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..