ईट्टा प्रहार गरी बाबु मार्ने पक्राउ

रुपन्देही । ईट्टा प्रहार गरी आफ्नै बाबु मार्ने ओमसतिया गाउँपालिका–३ तरकुल्ला बस्ने २७ बर्षीय सम्शेर बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका थापाले बिहीबार सामान्य झगडामा ५० बर्षीय बाबु जगतबहादुर थापालाई ईट्टा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..