मुख्यमन्त्री बन्न एमालेमा हानथाप

काठमाडौ । प्रेदशसभामा निर्वाचित एमालेका नेताहरु मुख्यमन्त्री बन्ने दौडमा लागेका छन्। प्रदेशसभा सदस्यको सपथसँगै मुख्यमन्त्रीका आकांक्षीहरुले पार्टीका शीर्ष नेतादेखि सांसदसँगको छलफल र बैठकलाई तिब्रता दिएका छन्।

केहीले आफूलाई मुख्यमन्त्रीका लागि अनुकूल वातावरण बनाउन दलभित्रैको आन्तरिक समिकरण (गुट) परिवर्तन गरेका छन्। आकांक्षीले विभिन्न माध्यमबाट पनि मुख्यमन्त्रीको दावी प्रस्तुत गर्दै आएका छन्।

एमालेले प्रदेश ५ बाहेक अन्य प्रदेशमा संसदीय दलको नेता छानेको छैन। प्रदेश ५ मा भने एमाले स्थायी समिति सदस्यसमेत रहेका शंकर पोखरेल संसदीय दलको नेता छानिएका छन्। ६ वटा प्रदेशमा एमाले माओवादी गठबन्धले स्पष्ट बहुमत ल्याएको छ। नागरिकमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..