पूर्वप्रधानमन्त्री तथा मन्त्रिपरिषद् अध्यक्ष डा‍‍. गिरीको निधन

काठमाडौ । पूर्वप्रधानमन्त्री तथा मन्त्रिपरिषद् अध्यक्ष डा‍‍. तुलसी गिरीको निधन भएको छ । कलेजोको क्यान्सरबाट पीडित गिरीको मंगलबार बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो ।

९३ वर्षिय गिरी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट ‘डिस्चार्ज’ भएर घर गएका थिए । नेपाली कांग्रेसको महामन्त्री हुँदै पञ्चायतकालमा प्रधानमन्त्री भएका राजनीतिज्ञ गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन्।


डाक्टर तुल्सी गिरी राजाले शासन सत्ता हातमा लिएका बखत पटक पटक प्रधानमन्त्री बनाइएका व्यक्ति हुन्। २०१७ सालमा राजाले जन निर्वाचित संसद र सरकारलाई भङ्ग गरी पञ्चायती व्यवस्था लादेपछि यिनी फर्स्ट मिनिस्टर हुँदै मन्त्रीपरिषदको उपाध्यक्ष बनाइएका थिए। पछि यिनी प्रधानमन्त्री पनि बनाइए।

यसअघि उनी नेपाली कांग्रेसको एकमना सरकारमा परराष्ट्र मन्त्री थिए। राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा देशको शासन सत्ता हातमा लिएर प्रत्यक्ष शासन शुरु गरेपछि यिनी पुनः मन्त्रीपरिषदको उपाध्यक्ष बनाइए।

उनी नेपालमा ूपन्चायत ब्यबस्थाको जननीू मनिन्छन् । सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने ब्यक्ति पनि हुन् । उनी लामो समयदेखि बिदेशमा बस्दै आएका थिए । नेपालमा माघ १९ गतेको राजनीतिक घटना पछि नेपाल आएका हुन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..