श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमान पक्राउ

रौतहट । रौतहटमा श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

रौतहटको चन्द्रपुर नगरपालिकामा एक महिलाले श्रीमानविरुद्ध जबरजस्ती करणी गरेको भन्दै उजुरी दर्ता गराएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का ३३ वर्षीया ती महिलाले आफ्नो ईच्छा विपरीत श्रीमानले जबरजस्ती करणी गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनुभएको छ । उजुरीपछि प्रहरीले हिजो जबरजस्ती करणीको मुद्दा दर्ता गराई अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।

उनीहरुको २०६१ सालमा विवाह भएको थियो । पतिले मादक पदार्थ सेवन गरी कुटपिट गर्दै ईच्छा विपरीत जबरजस्ति गरेकोले बाध्य भएर कानुनी बाटो खोज्नु परेको ती महिलाले बताउनुभएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..