आचारसंहिता कडाइका साथ अनुगमन जारीः निर्वाचन आयोग

काठमाडौ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य चुनावको लागि लागू गरेको आचारसंहिताको कडाईका साथ अनुगमन भईरहेको जनाएको छ ।
आयोगले आउँदो २४ गते हुने चुनावको लागि शुक्रबारबाट आचारसंहिता लागु गरेको हो । सरकार, प्रदेश सरकाबर, मन्त्री, स्थानीय तह, स्थानीय निकायका कर्मचारी, सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय, दलका भातृ संगठन, उम्मेदवार तथा सम्बन्धीत निकाय, सञ्चारमाध्यमलगायतलाई आचारसंहिता लागू भएको र आचारसंहिताको सुक्ष्म ढंगले अनुगमन भईरहेको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।
आचारसंहिता लागू भएपछि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति, अनुदान, सर्वेक्षण लगायत गतिविधि गर्न रोक लागेको छ । कुनै अत्यावश्यक निर्णय गर्नैपर्ने भए निर्वाचन आयोगको पूर्वस्वीकृति लिनुपर्ने उनले बताए ।
त्यस्तै राष्ट्रिय सभा निर्वाचनका लागी मतपत्र छाप्ने कार्य र अन्य तयारी तिव्र रुपमा भइरहेको प्रवक्ता ढकालले जानकारी दिए ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..