प्रियले गरे एकै साता तीनवटा भिडियो निर्देशन

काठमाडौं । चलचित्र पत्रकार शान्तिप्रियले एकैसातामा ३ वटा म्यूजिक भिडियो निर्देशन गरेका छन् । प्रियकै शब्दमा संगीतकार दिपक शर्माको संगीत तथा चर्चीत गायक राज सिग्देलको आवाज रहेको उन्को मेरो दुरी चल्यो त्यस्तै चन्द्र भट्टचनको शब्द ज्योति प्रकाशको स्वर संगीत रहेको हिजो भन्दा आज राम्री र प्रियकै शब्द, दिपक शर्माको संगीत तथा गणेश श्रेष्ठको आवाज रहेको माया लाउने यहि ज्यानहो अरु केपो छ र बोलको गीतको तिनवटा म्यूजिक भिडियो एकै सातामा निर्देशन गरेका हुन् ।

गीतकार शान्तिप्रियले पछिल्लो चरणमा आफूलाई गीत लेखनमा मात्र सिमीत नराखेर भिडियो निर्देशनमा पनि उतार्न थालेका छन् । जस अनुरुप केही अघि मात्रै उनले राष्ट्रयकवि माधव प्रसाद घिमिरेको राष्ट्रिय गीतको पनि निर्देशन गरेका थिए । यहि क्रमलाई निरन्तरता दीदै प्रियले नयाँ गीत माया लाउने यहि ज्यान होको निर्देशन गरेका हुन् । आफ्नै शब्दमा रहेको माया लाउने यहि ज्यान हो बोलको गीतको निर्देशन गरेका छन् ।

माया लाउने यहि ज्यान होबोलको गीतमा अभिनेता तथा कोरियोग्राफर गजित विष्ट अभिनेत्री अनामीका चौलागाईले अभिनय गरेका छन् । यस रोमान्टीक गीतको छायांकन विरेन्द्र भाट विपिनले गरेका हुन् भने यस गीतको कोरियोग्राफी गजित विष्टले नै गरेका हुन् । त्यस्तै यस गीतको म्यूजिक भिडियो सम्पादन पनि विरेन्द्र भाटको नै रहने छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..