सवारी दुर्घटनामा घाइते दुवै जनाको मृत्यु, श्रीमान श्रीमती रहेको खुलासा

सल्यान । सल्यानमा आइतबार बेलुकी सवारी दुर्घटनामा घाइते भएका दुई जनाको नै उपचारको क्रममा मृत्यु भएको छ । उनीहरु श्रीमान श्रीमती रहेको खुल्न आएको पनि सल्यान प्रहरीले जनाएको छ ।

सल्यानको कपुरकोटमा मिनि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पत्ति ३२ वर्षिय दिलिप बुढा र ३० वर्षिया सम्झना बुढाको उपचारकै क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा गएराती उपचारको क्रममा मृत्यु भएको प्रहरी चौकी कपुरकोटले जनाएको छ ।

पूर्वी रुकुम मोरावाङ निवासी उनीहरु मुसिकोट नगरपालिका एकमा होटल सञ्चालन गरेर बस्दै आएका थिए । रुकुमबाट दाङतर्फ गइरहेको मिनि ट्रकले कपुरकोटको तल्लो बजारमा सोही दिशातर्फ गइरहेको मोटरसाइकललाइ ठक्कर दिन पुगेको थियो ।
कपुरकोट तल्लो बजारस्थित उकालो सडक छेउँमा रोकिएको रा १ ख ९३९ नम्बरको मिनि ट्रक स्टार्ट नभएपछि चालकले व्याकमा स्टार्ट गर्न खोजेका थिए । तर व्याकमा पनि स्टार्ट नभएको र ब्रेक पनि नलागेकाले पछाडीबाट आइरहेको रा ३ प ८५९६ नम्बरको मोटरसाइकललाइ ट्रकको पछाडीको भागले ठक्कर दिएको थियो । ठक्कर दिने मिनी ट्रक र चालक तुल्सीराम घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..