दाउराको अगुल्टोले हिर्काएर श्रीमानले गरे श्रीमतीको हत्या

झापा । झापाको अर्जूनधारामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । अर्जुनधारा नगरपालिका ५ स्थित पाण्डपूर निवासी ५२ बर्षीय दोमनी दनुवारको उनकै ५५ बर्षीय श्रीमान् इश्वर दनुवारले हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बिष्णुकुमार केसीले जानकारी दिए ।

आइतबार बेलुका ७ बजेतिर इश्वरले श्रीमती दोमनीलाई कुटपिट गर्दै दाउराको अगुल्टोले हानेर हत्या गरेको प्रहरी उपरीक्षक केसीले बताए । केसीका अनुसार श्रीमान श्रीमती बीच घरायसी विवाद बल्झिएपछि मादक पदार्थ सेवन गरेका इश्वरले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । यता हत्या गर्ने श्रीमान् इश्वरलाई प्रहरीले घटनास्थलबाट पक्राउ गरेको छ । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोड राखेर थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक केसीले बताए ।

गत माघ ६ गते अर्जुनधारा नगरपालिका १ स्थित चक्रचोक निवासी २३ बर्षीय गहतराज विश्वकर्मा (दिनेश)ले आफ्नी १७ बर्षीय श्रीमती युनिता हाङ्ग लिम्बुलाई धारिलो हतियार खुकुरीले प्रहार गरी हत्या गरेका थिए ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..