
टिप्पर चालकहरु कतिसम्म खतरनाक हुन्छन् भन्ने त तपाईहरुलाई थाहा नै छ होला। यस्तैमा टिप्परचालकका छोराहरु पनि निकै खतरनाक हुने तथ्य बाहिर आएको छ। कुरो धादिङको हो। सधै झै बैरेनी स्थित चियापसलमा बेलुका तिर केटाहरु जम्मा भएर चिया चुरोट हानी रहेका थिए। उनीहरु बिच आलु देखि भालुसम्मका, नासादेखी खासासम्मका कुरा चलिरहेका थिए। सबैले आफू नै जान्ने भएको देखाउने प्रयासमा ठुलाठुला कुरा गरिरहेका थिए।त्यो चटक त्यहा मौजुद टिप्पर चालकका छोरालाई फिटिक्कै मन परिरहेको थिएन। उनीहरुको गफ, बहस अत्ति नै चर्किन थालेपछी टिप्पर चालकका छोराले सहन सकेनन। उनले सिंहरुपी गज्रनमा आफ्नो कुरा राखे जुन कुराले त्यहा मौजुद सबैलाई शान्त बनायो। हो उनले केबल दुई वाक्य मात्र भने।
उनले भने, “चुप लाग सालेहरु, अझै बढी बोलिस भने तिमारुको बाइक नम्बर लिगेर बाउलाई टिपाईदिन्छु”। उनले यतिमात्र के भनेका थिए त्यहा चहलपहल दिने बाइकवाला केटाहरु चुप लागिहाले। यसरी टिपर चालकका छोराले धम्क्याएपछी हाल धादिङ तनाबग्रस्त छ। सबैम कतै आफ्नो नम्बर टिपाइहाल्यो कि भन्ने भय रहेको त्यहास्थित गारापारे सम्बादाता ले बताउनु भयो।त्यस्तै अखिल नेपाल टिप्पर चालक संघ क्रान्तिकारीले आफ्ना सन्तानसङ्ग कसैले बढी बोले टिप्पर कारबाही ठोक्ने बताइसकेका छन्। यसरि ब्याक टु ब्याक धम्की आउन थालेपछि बटुवाहरु नया पैदलमार्ग बनाउनु पर्ने विकल्पतिर अध्ययन गरिरहेका छन्।
-garapare.com