अध्ययन खर्च जुटाउन कुमारित्व लिलामी, कोही छ किन्ने ?

पश्चिमी मुलुकमा कुमारीत्व लिलामीमा राख्दै अध्ययन खर्च जुटाउन चाहने युवतीहरूको संख्या बढ्न थालेको छ । केही साताअघि एक अमेरिकी युवतीले अध्ययन खर्च जुटाउन जर्मनीको एक वेबसाइटमार्फत आफ्नो कुमारीत्व लिलामीमा राखेकी थिइन् ।

उनको उक्त प्रस्तावमा लिलाम बढाबढ हुँदा अबुधावीका एक व्यापारीले ३० करोड ८० लाख रुपैयाँको बोली लगाएका थिए । यो होडमा हलिउडका एक अभिनेता पनि थिए, तर १९ वर्षीया गिसेलीले अरेबियन व्यापारीको प्रस्ताव स्वीकार गरिन् ।

अहिले क्याम्ब्रिज युनिभर्सिटीमा अध्ययन गरिरहेकी १८ वर्षीया मोडल निकोलीले पढाई खर्च जुटाउन भन्दै आफ्नो कुमारीत्व सर्वाधिक मूल्य तिर्नेलाई भंग गर्न दिने बताएकी छिन् । इन्टरनेटमा कुमारीत्व लिलामीमा राखेर खर्च जुटाइएको देखेरै आफ्नो कुमारीत्व जोगाएको कुरा निकोलीले बताएकी छिन् ।

यी मोडलले युरोपको इलाइट मोडल भीआईपी साइटमार्फत् आफ्नो कुमारीत्व लिलामीमा राखेकी छिन् । निकोलीका अनुसार उनको कुमारीत्वका लागि १२ करोड ४६ लाख रुपैयाँसम्म तिर्ने प्रस्ताव प्राप्त भैसकेको छ । इलाइट मोडलका अनुसार अहिले कुमारीत्व लिलामीमा राख्न थप पाँच जना मोडलले चिकित्सकबाट कुमारीत्व परीक्षण गराइसकेका छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..