
काठमाडौ । नेकपा एमालेले प्रदेशस्तरीय संसदीय दलको नेतामा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियाबाट चयन गर्ने भएको छ ।
मंगलबार पार्टी कार्यालय धुमबराहीमा बसेको स्थायी समिति बैठकले सहमति जुट्न नसकेका स्थानमा निर्वाचन प्रक्रियाबाट संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो । प्रदेश संसदीय दलको नेताका आकांक्षी धेरै भएपछि बैठकले सहमति नजुटेका स्थानमा निर्वाचन प्रक्रियाबाट नेता चयन गर्ने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन केन्द्रीत आन्तरिक निर्देशन जारी गर्ने भएको छ । एकल संक्रमणको अवस्था भएका जटिल स्थानमा निर्वाचन मण्डलका सदस्यलाई प्रशिक्षण दिनका लागि टोलि परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
एमालेले आगामी १८ गते देखि २१ गते सम्म प्रशिक्षण संञ्चालन हुने पनि जनाएको छ ।