बिहेभोजमा भएको झडपमा एक जनाको मृत्यु, दुई जना घाइते

ओखलढुंगा । मोलुङ गाउँपालिका–७ पात्ले बस्ने लालबहादुर मगरकी छोरीको विवाह कार्यक्रममा सोमबार कुटपिट हुँदा सोही ठाउँ बस्ने २० वर्षीय कुमार मगरको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।

कार्यक्रममा सोही ठाउँ बस्ने २३ वर्षीय पासाङ शेर्पा, २४ वर्षीय साङगे शेर्पा, २२ वर्षीय जिङमे शेर्पा, २६ वर्षीय टेण्डी शेर्पा, २० वर्षीय नाम्खा शेर्पा समेत ५ जना र अर्को पक्षका सोही ठाउँ बस्ने निज कुमार मगर, १८ वर्षीय कमल मगर, जनक मगरबिच मादक पदार्थ सेवन गरी बिवाद भई कुटपिट हुँदा कुमार, कमल र जनक घाइते भएकोमा मिशन अस्पतालमा उपचारको क्रममा कुमारको मृत्यु भएको हो । अन्य घाइते २ जनाको अवस्था सामान्य रहेको छ ।

अभियुक्तमध्येका साङगे शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्यको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..