पिरियड्समा सेक्स कति उचित कति अनुचित, एउटी महिलाको सनसनीपूर्ण अनुभव

ओछ्यानमा ढल्ने बित्तिकै म स्वयमलाई सुख र सन्तुष्टिको स्वास छोड्दै गरेको पाउँछु । मैले आफ्नो जीवनमा ब्वायफ्रेण्डका साथ सफल यौन सम्बन्ध कायम गरेकी छु । म उसका साथ स्वयमलाई निकै नजिक पाउने गर्दछु । उसको साथ एक किसिमको बन्धन छ, जुन छुट्दैन । उसको साथमा रहँदाको अनुभवमा जुन प्रबलता छ, त्यो म स्पष्टसँग महशुस गर्दछु । त्यो पल याद गरेर म निःशब्द बन्ने गर्दछु ।

हामी दुई जना एकसाथ ६ महिनासम्म रह्यौ । विकेन्डमा पूर्ण रुपले साथ रहन्थ्यौ । त्यो बितेको पल सधैं साथ रहने पल थियो । हनीमुलका क्रममा हुने यौन सम्पर्क तपाई कल्पना गर्न सक्नुहुन्छ । यहाँ एउटा यस्तो कुरा छ जसका बारेमा सोच्न सकिँदैन । पिरियड्सका बेला निकै महशुस हुन्छ ।

पिरियड्समा सेक्सका विषयमा म सधैं असहज रहिनँ । २० देखि २९ वर्षको उमेरमा हरेक महिना एक साता सँगै सुत्न रोकियो । १० वर्षको उमेरमा मेरो पहिलो ब्वायफ्रेण्ड यौन सम्पर्कका लागि आँतुर रहन्थ्यो । तर मेरा लागि यो सबै त्यति सहज थिएन ।
अब म २०१८ मा छु र पूर्ण दृढताका साथ पिरियड्समा यौनसम्बन्धी वकालत गर्ने क्याम्पका साथ उभिएकी छु । बढ्दो उमेर र आत्मविश्वासका कारण अब यो सोध्नमा कुनै समस्या छैन कि म सेक्सबाट के चाहन्छु ।

के भन्छ अध्ययन ?

मलाई विस्तारै विस्तारै महशुस भयो कि म यौन सम्बन्धलाई निकै रुचाउँछु । अब म आफ्नो सम्बन्धमा सेक्सलाई पिरियड्सका क्रममा पनि एन्जोय गर्छु । कयौपटक त पिरियड्समा केही बढी नै एन्जोय गर्छु । मलाई थाहा छ कि यस मामिलामा म एक्लो छैन । ५०० मानिसमा भएको एउटा अध्ययनमा ५५ प्रतिशत सहभागीहरुले शोधकर्ताहरुसँग भने कि पिरियड्समा सेक्स बिल्कुल सहज लाग्यो । उनीहरुका अनुसार उनीहरुलाई यसमा कुनै समस्या भएन ।

यद्यपि ४५ प्रतिशत सहभागीलाई यसलाई ठिक भनेनन् । पिरियड्सका क्रममा सेक्सलाई लिएर कयौ प्रकारका अध्ययन भएका छन् । यो अध्ययनहरुलाई उधृत गर्दै शोधकर्ताहरुका अनुसार ४५ प्रतिशत महिलाहरुले पिरियड्सका क्रममा स्वयमलाई बढी उत्तेजित महशुस गरेको बताए ।
यति धेरै अध्ययनका बावजुद पनि शोधकर्ताहरुले केही पनि स्पष्टसँग भन्ने स्थिति छैन । तर म जान्दछु र बुझ्दछु कि पिरियड्समा सेक्स के हो र यसलाई लिएर जुन मेरो बानी छ, यसमा म एक्लो छैन ।

यौन चाहना

२८ वर्षकी कैथरिनले मसँग भनिन् कि पिरियड्सका क्रममा यौन चाहना अन्य सामान्य दिनको तुलनामा बिल्कुल अलग हुन्छ । उनले भनिन्–केही कुरा निकै बढी संवेदनशील हुन्छ । यसक्रममा यौनका विषयमा धेरै उत्ताउलो रहन्न । विशेषगरी अलगअलग यौन आसनहरुका बारेमा सतर्क रहन्छु । स्पष्ट छ म यो आवेगलाई निश्चित रुपमा महशुस गर्दछु र यसमा अन्तरंगताको आवश्यकता हुन्छ ।

पिरियड्सका क्रममा हरेक महिलाका फरक फरक चाहना हुन्छ । केही महिला यसक्रममा आराम गर्न चाहन्छन् । युनिभर्सिटी अफ क्यालिफोर्नियामा स्त्री रोग विशेषज्ञ रिचेल न्युमानले मसँग भने–जब तपाई सम्बन्ध कायम गर्नुहुन्छ तब शरीरबाट आक्सिटाक्सिन निस्कन्छ । यसको हर्मोनसँग सम्बन्ध हुन्छ । हर्मोन प्रसवका क्रममा पनि निस्कन्छ । यस्तोमा यो कुराले बल प्राप्त गर्दछ कि यो प्रक्रियाहरुबाट राहत प्राप्त हुन्छ ।

उनले अगाडि भने–यदि तपाई अतिरिक्त अर्गेज्म (यौन सुख) हासिल गर्न सफल हुनुहुन्छ भने तपाईको शरीर र रिल्याक्स महशुस गराउँछ । यसबाट पीडाबाट ध्यान हट्छ ।

पिरियड–ट्रैकिंग ऐप क्लुमा साइन्स रिसर्चर अना द्रुएतका अनुसार पीडा महशुस गर्नु र असहज हुनु आम कुरा हो । अर्गेज्मका क्रममा निस्कने इन्ड्रोफिन्स हर्मोन्सबाट पिरियड्सका क्रममा राहत पप्त हुन्छ । यद्यपि सबैका साथ यही भने हुँदैन ।

पिरियड्समा सेक्स असामान्य होइन

पिरियड्समा सेक्सको एउटा कुरा भने सबैका लागि सही हो । यसक्रममा सबैका लागि सबैभन्दा बढी लूब्रकेटेड सेक्स हुन्छ । पिरियड्समा विशेषगरी नुहाउने बेला सेक्स गर्नु सबैभन्दा उत्तम हुन सक्दछ । नुहाउने बेला केही पनि फोहोर हुने डर रहँदैन ।

यद्यपि रिचेल भन्छिन् कि पिरियड्समा सेक्सबाट ब्लिडिङ कम हुन सक्दछ । उनले भनिन्–जुन महिलाहरु पिरियड्सका क्रममा नियमित रुपमा यौन सक्पर्क गर्दछन्, उनीहरमा पिरियडको समय छोटो हुन्छ । रिचेल भन्छिन् कि पिरियड्सका क्रममा यौनलाई बिल्कुल सजिलो बनाएर राख्नु पर्दछ । यदि तपाई यसक्रममा बढी प्रयोग गर्नुहुन्छ भने तपाईको ओछ्यान कुनै क्राइम सिनजस्तो लाग्न सक्दछ ।

स्पष्ट छ, यौनका मामिलामा पनि सबैको आआफ्नो अनुभव हुन्छ । तपाई कसैले भनेको आधारमा केही पनि गर्नु जरुरी छैन । तर म आफ्नो अनुभवको आधारमा बताउन सक्छु कि पिरियड्समा यौन कुनै असामान्य कुरा होइन । एल ग्रिफित्श, बीबीसी थ्री ,बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..