प्रधानन्यायाधीशविरुद्ध केसीबाट प्रशासनमा उजुरी

काठमाडौ । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग्दै डाक्टर गोविन्द केसीले काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता गर्नुभएको छ ।

बुधवार १० बजे बबरमहल स्थित प्रशासन कार्यालयमा पुगेर डाक्टर केसीले निवेदन दर्ता गराउनुभएको हो । निवेदन दर्ता गराउन डाक्टर केसीसँगै अधिवक्ताहरु सुरेन्द्रराज भण्डारी र ओमप्रकाश अर्याल, कलाकार रवीन्द्रसिंह बानियाँ र डा अभिषेकराज सिंह पनि सिडियो कार्यालय पुग्नुभएको थियो ।

न्यायाधीश पराजुलीले नागरिकताको प्रतिलिपि लिँदा उमेर सच्याएको आरोप डाक्टर केसीले लगाउनुभएको छ । नागरिकलाई सूचना हक अन्तर्गत निवेदन दर्ता गरी नागरिकताको प्रतिलिपि मागिएको डाक्टर केसीले बताउनुभयो ।

न्यायपरिषदले कायम गरेको नागरिकताको विवरण र पराजुलीले पेश गरेको नागरिकताको प्रतिलिपिमा उल्लिखित जन्ममिति फरक रहेको विषयमा लामो समयदेखि विवाद छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..