बलात्कारको घटना ढाकछोप गर्ने अधिृकतलाई कानुनी कारबाही हुने

काठमाडौ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले काठमाडौं दरबारमार्गको एक होटलमा भएको सामूहिक बलात्कारको घटना ढाकछोप गर्ने प्रहरी अधिकारीलाई कानुन बमोजिम कारवाही हुने बताउनुभएको छ ।

बिहीबार काठमाडौंको दरबारमार्गमा नवनिर्मित प्रहरी भवनको उद्घाटन गर्दै महानिरीक्षक अर्यालले युवती बलात्कारका दोषीलाई कानुनी दायरामा ल्याउने बताउनुभएको हो । उहाले दोषीलाई नै सहयोग गर्ने प्रहरी अधिकारीलाई पनि कानुनअनुसार कारवाही बताउनुभयो ।

सामूहिक बलात्कारजस्तो जघन्य अपराधलाई ढाकछोप गर्नु सामान्य कुरा नभएको भन्दै त्यसमा दोषी देखिने प्रहरी कर्मचारीलाई कारवाही हुने उहाले बताउनुभयो । यो घटनाबाट प्रहरीले पाठ सिक्नु पर्ने भन्दै प्रहरी प्रमुख अर्यालले आफ्नो मातहतमा रहेका युनिटहरुको अनुगमन गर्न पनि प्रहरी अधिकारीहरुलाई निर्देशन दिनुभयो ।

गएको माघ ११ गते दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको थियो । घटना लुकाएर मिल्न दबाब दिएको रहस्य खुलेपछि इन्सपेक्टर लक्ष्मणसिङ ठकुरीलाई नियन्त्रणमा लिएर १ नम्बर गणमा राखिएको छ भने वृत्तका प्रमुख डीएसपी तिलक भारतीलाई अनुसन्धानकै लागी जिल्लामा तानिएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..