नक्कली मनोज पुनको नाममा धम्की दिएर रकम असुल गर्न खोज्ने प्रहरी फन्दामा

पोखरा । पोखराका ब्यवसायीहरुलाई आफु मनोज पुन हु भनी धम्की दिइ करौडौ रकम माग्ने स्याङजा टक्सारका नल बहादुर गुरुङ ( शंकर) सहित ४ जनालाई कास्की प्रहरीले सार्वजनिक गरेको छ ।

स्याङजा पुतलीबजार नगरपालिका वडा नम्बर ६ टक्सार घर भइ हाल पोखराको लेकसाइड ६ जरेबर बस्दै आएका नलबहादुर सहित स्याङजा फेदीखोला गाउँपालिका वडा नं ४ घर भई हाल पोखरा ६ जरेबर बस्ने अमृत खड्का, पर्वत कुश्मा १० घर भई हाल पोखरा ६ जरेबर बस्ने बर्ष २७ को रामु सुबेदी र स्याङजा फेदीखोला गाउ पालिकाका शिव कार्कीलाई कास्की प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेका मध्ये पर्वतका रामु सुवेदी भारत गइ भारतिय नम्बर बाट मनोज पुन हु भनी धम्क्याउने गर्ने गरेको र पोखराका विभिन्न ब्याक्तिलाई एस एम एस र फोनकल मार्फत धम्ब्याउनका लागी स्याङजा फेदीखोलाका शिव कार्कीले सिम दिएको अनुसन्धानबाट खुलेको छ ।

उक्त टोलीले हाउजिङ ब्यवशायी कालु गुरुङ, उद्योग ब्यवशायी तथा प्रदेश सभा सदस्य बिन्दु थापा, मनकामना केवुलकारका संचालक राजेशबावु श्रेष्ठ र स्थानिय बोधराज गिरीलाई करोडौ रकम माग्ने र आफुहरु मनोज पुनको समुह भएको र नदिए ज्यान लिने भन्दै धम्की दिने गरेको र उजुरीको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको कास्की प्रहरी प्रमुख अशोक सिंहले वताए । कास्की प्रहरीको सादा पोशाकका प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदीको टोलीले उक्त समुहलाई पक्राउ गर्न सफल भएको हो ।

गत माघको १५ गते सांसद बिन्दु थापालाई तीन दिनको अल्टिमेटम दिइ म्यासेज तथा कल गरेपछि अनुसन्धान गरी उनीहरुलाई पक्राउ गर्न सफल भएको सिंहले वताए । बोधराज कार्कीलाई धम्काइ पैसा माग्ने योजना बनाउदा नम्बर गलत भइ बोधराज गिरी लाई गएको कास्की प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट नल बहादुर गुरुङले आफुले पैसा दिन बाकी रहेको र आफ्नो ब्यवहार बिग्रिदै जान थालेपछि नक्कली मनोज पुन बनी अन्य युवाहरुलाई समाहित गर्दै सामुहिक ढंगबाट रकम असुलीको योजना बनाएको वुझिएको कास्की प्रहरी प्रमुख सिंहले वताए । पक्राउ परेका चार जनालाई अपहरण तथा शारिरीक बन्धक उद्योगमा मुद्धा चलाइएको र पछि संगठित अपराध ऐन अनुसार कारबाही गर्न सकिने कास्की प्रहरीले जनाएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..