भारतीय विदेशमन्त्री सुष्मा राजधानी काठमाडौमा

काठमाडौ । भारतीय विदेशमन्त्री शुष्मा स्वराज दुई दिने नेपाल भ्रमणमा आउनुभएको छ ।

स्वराज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देश लिएर नेपाल आउनुभएको हो । विशेष विमानबाट आएकी विदेशमन्त्री स्वराजलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अर्थराज्यमन्त्री उदयशम्शेर राणाले स्वागत गर्नुभयो ।

त्यस्तै परराष्ट्र मन्त्रालयका सचिव शंकरदाश वैरागी तथा भारतीय राजदूत मञ्जीवसिंह पुरीले पनि स्वराजलाई स्वागत गर्नुभयो । नेपाल आएलगतै संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदै स्वराजले नेपाल र भारतका सम्बन्ध मित्रवत रहेको भन्दै आफ्नो भ्रमण भेटघाटका लागी मात्र भएको बताउनुभयो । उहाले कुनै एजेण्डा बिना नेपाल भ्रमणमा आएको बताउनुभयो ।

.भारतीय विदेशमन्त्री स्वराजसँगै भारतीय विदेश सचिव विजयशेखर गोखले, नेपाल मामिला हेर्ने अधिकारी लगायत उच्च अधिकारीहरु पनि नेपाल आएका छन् । दुई देशको वर्षौंदेखिको सम्बन्ध थप बलियो बनाउन र आपसी हीत प्रवद्र्धन गर्न भ्रमण प्रभावकारी हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतीय विदेश मन्त्रालयले नियमित उच्च राजनीतिक भ्रमण भनेपनि नयाँ सरकार बन्न लागेको सन्दर्भमा भारतीय विदेश मन्त्रीको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा बधाई दिनुभएको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..