यसरी घट्दैछन् फेसबुक प्रयोगकर्ता, नाफा नघटेको फेसबुकको घोषणा

पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरुको फेसबुक मोह घट्दै गएको छ। फेसबुकका अनुसार मानिसहरु अब आफ्नो कम समय मात्र यो सामाजिक सञ्जाल प्लेटफर्ममा बिताइरहेका छन् । फेसबुकका अनुसार यसबाट उ भने चिन्तित छैन साथै आफ्नो आम्दानीमा पनि कुनै कमी नआएको फेसबुकले जनाएको छ।

फेसबुकका अनुसार कम्पनीको मुनाफा विगत तीन महिनामा २० प्रतिशतले वृद्धि भएको छ। साथै उसको विज्ञापनबाट हुने कमाईमा भारी वृद्धि भएको छ । सामाजिक सञ्जालको सक्रिय प्रयोगकर्ता पनि बढेको फेसबुकले जनाएको छ। फेसबुकको मुनाफाको घोषणाका बिच यो पनि बताएको छ कि इतिहासमै यो पहिलो पटक भएको हो कि अमेरिका र क्यानडामा फेसबुक प्रयोगकर्ता घटेका छन् । साथै संसारभरमा पनि मानिसहरुले सामािजक सञ्जाल साइटमा अहिलेसम्म बिताउने गरेको आफ्नो समय कटौति गरेका छन् ।

यद्यपि कम्पनीले आफ्नो लगानीकर्ताहरुलाई भरोसा दिलाएको छ कि प्रयोगकर्ता घटे पनि फेसबुकको लाभमा कुनै असर पर्ने छैन । कम्पनीले भनेको छ–यदि फेसबुकले गरेको परिवर्तन राम्रो छ र यसका प्रयोगकर्तामा कमी आइरहे पनि भविष्यका लागि राम्रो हुनेछ । किनभने छोटो समयको नोक्सानले कम्पनीको स्वास्थ्यमा ठुलो असर पार्ने छैन ।

कम्पनीका कार्यकारी मार्क जकरबर्कले भने–‘सन् २०१७ फेसबुकका लागि निकै बलियो बलियो वर्ष रह्यो । तर त्यो सहज थिएन ।’ उनले भनेका छन् कि सन् २०१८ मा कम्पनीको मुख्य जोड यसमा रहने छ कि यो मात्र मनोरञ्जनको साधन बनेर नरहोस् बरु समाज र व्यक्तिको भलाइमा आफ्नो योगदान दिन सकोस् ।

फेसबुकले हालैका दिनमा मित्र, परिवारजनको पोष्टलाई महत्व दिने नयाँ नीति अपनाएको थियो । जसको निकै आलोचना पनि भएको थियो । यसको बचाउमा जकरबर्गले भनेका छन् कि यदि फेसबुकको माध्यमबाट मानिसहरु आपसी सम्बन्ध बलियो बनाउँछन् र उनीहरु आपसमा जोडिन्छन् भने त्यो कम्पनीका लागि बढी राम्रो हुनेछ ।

कम्पनीका एक अधिकारीका अनुसार यदि प्रयोगकर्ता फेसबुकको माध्यमबाट आफ्ना साथी र परिवारजनसँग जोडिए कम्पनीलाई नाफा कमाउने बढी अवसर प्राप्त हुनेछ । हालै कम्पनीले बिटक्वाइन बाइनरी र यस्तै अन्य उत्पादनको प्रचार गर्ने विज्ञापनमाथि आफ्नो प्लेटफर्ममा प्रतिबन्ध लगाएको छ । एएफपी/रोयटर्स

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..