भिटामिन डी–३ ले यसरी बचाउँछ मुटु, केमा पाइन्छ भिटामिन डी–३ ?

भिटामिन डी–३ अब मुटुको उपचारमा प्रभावकारी हुन सक्ने भएको छ। साइन्स पत्रिका इन्टरनेशनल जर्नल अफ नैनोमेडिसिनमा प्रकाशित शोधमा भनिएको छ कि भिटामिन डी–३ शरीरमा सुर्यको उज्यालोबाट बन्छ र जुन लाभकारी हुन्छ ।

उच्च रक्तचाप, चिल्लोपना जम्मा हुनु, धमनीको भित्तामा कोलेस्ट्रोल वा मधुमेहसहित कयौ रोगहरुबाट मानिसको मुटुलाई हानी पुग्न सक्दछ । यसबाट हृदयघात हुने खतरा बढ्न सक्दछ ।तर, अब एक शोधमा भनिएको छ कि भिटामिन डी–३ को सेवन हड्डीहरुसँग जोडिएको छ। हड्डीको उपचारमा प्रयोग गरिको यसको बढी मात्रा मुटुसँग जोडिएको प्रणालीका लागि लाभदायी हुन सक्दछ।

ओहायो विश्वविद्यालयका छात्र टेडयुज मलिन्स्कीले भने–‘आमरुपमा भिटामिन डी–३ हड्डीका साथ जोडिएको छ । यद्यपि हालैका वर्षमा चिकित्सकीय जाँचबाट पत्ता लागेको छ कि हृदयघातका विरामीमा डी–३ को कमी हुने गरेको छ। यसको अर्थ यो भयो कि डी–३ को कमीका कारणबाट हृदयघात हुने गर्दछ । तर, यसले हृदयघातको जोखिम बढाइदिन्छ ।’

शोधमा भनिएको छ कि यो धेरै महंगो छैन । किनभने हामीले यसका लागि औषधि बनाउनु पर्दैन । बरु यस्तो कुराको प्रयोग गर्नुपर्नेछ जुन हामीसँगै छ। आइएएनएस÷एए

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..