अगरबत्तीको धुँवा यसकारण चुरोटको भन्दा खतरनाक हुन्छ, क्यान्सर लाग्ने खतरा

पूजापाठ र धार्मिक कार्यमा अगरबत्तीको प्रयोग अवश्य गरिन्छ । अगरबत्तीलाई अध्यात्मिकता मात्र होइन, शान्ति र शुद्धताको प्रति पनि मान्ने गरिन्छ । हुन सक्छ कि अगरबत्ती बाल्दा निस्कने सुगन्ध तपाईलाई मन पर्दो पनि होला, तपाईको मनलाई शान्ति पनि दिँदो होला । तर, वास्तविकता भने अलि फरक छ। अगरबत्तीबाट निस्कने धुँवा चुरोटबाट निस्कने धुँवाभन्दा पनि खतरनाक हुने गर्दछ । अध्ययनबाट यो खुलासा भएको हो ।

एउटा चिनियाँ अध्ययनका अनुसार जब अगरबत्तीलाई जलाइन्छ तब धुँवाका साथसाथै विभिन्न कणहरु पनि निस्कन्छन् जुन हावामा घोलिन्छ । यो सुगन्धित अगरबत्तीहरुबाट निकै विषालु कण निस्कन्छन् जसले शरीरका कोषिकाहरुलाई हानी पुराउने गर्दछ।

अध्ययनबाट यो पनि पुष्टि भएको छ कि सुगन्धित अगरबत्तीको धुँवामा तीन प्रकारका विषालु तत्व हुने गर्दछ । जसबाट क्यान्सर हुने सम्भवना बढ्दछ । त्यो विषालु तत्व हो–म्युटाजेनिक, जीनोटाँनिक्सक, साइटोटानिक्स । अगरबत्तीबाट निस्कने हानिकारक धुँवाले शरीरमा रहेको जीनको रुप परिवर्तित हुन्छ । जसले क्यान्सर र फोक्सोसँग सम्बन्धित रोग लाग्ने पहिलो स्टेज हो । जेनेटिक म्युटेशन अर्थात अनुवंशिक उत्परिवर्तनबाट डीएनएमा परिवर्तन हुन सक्दछ जुन राम्रो संकेत होइन ।

अगरबत्तीबाट निस्कने धुँवालाई जब हामी स्वासका साथ भित्र लिन्छौ तब त्यो हाम्रो फोक्सोसम्म पुगेर फोक्सोमा जलन, उत्तेजना र रिएक्सन उत्पन्न गर्दछ । यो पार्टीकल्समा ६४ कम्पाउन्ड हुन्छ । स्पष्ट छ, यसबाट स्वास नलीमा खसखस र जलन पनि हुन सक्दछ ।

यस्तो यसकारण हुन्छ, किनभने अगरबत्तीको धुँवामा निकै सक्ष्म कण हुन्छ, जुन हाम्रो शरीरका लागि निकै हानिकारक छ । साथै अगरबत्तीमा रहेको आर्टिफिशियल सुगन्धले खतरालाई अझ बढाउने गर्दछ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..