असुरक्षित यौन सम्पर्कबाट गर्भ बसेपछि प्रेमिकाको हत्या

गुल्मी । असुरक्षित यौन सम्पर्कबाट गर्भ बसेपछि गुल्मीमा एक युवकले प्रेमिकाको हत्या गरेका छन् ।

पर्वतको विहादी गाउँपालिका ८ ठगुवाका २३ वर्षीय प्रदीप पराजुलीले प्रेमीका बाग्लुङकी २२ बर्षिया कमला शर्मालाई हत्या गरेको प्रहरीले जनाएको छ । बुधबार साँझ कालिगण्डकी गाउँपालिका ४ कमलाको शव भेटिएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी गगां थापाले बताए ।

शव भेटिएलगत्तै प्रहरीले पराजुलीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा उनीहरुबीच प्रेम सम्बन्ध बसेपछि यौन सम्पर्क भई गर्भ बसेको र प्रेमिकाले बिहे गर्ने प्रस्ताव गर्दा उनकोे हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

कमलाको शवलाई परिवारको अनुरोधमा बाग्लुङ अस्पतालमा पोष्टमार्टम गर्ने गरी जिम्मा लगाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..