गैरआवासीय नेपालीको आर्थिक लगानी ज्ञान, सीप भित्र्याउन सरकार सकारात्मक

एनआरएनए

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीको आर्थिक लगानी संगसंगै ज्ञान, सीप र प्रविधिको लगानी भित्र्याउने विषयमा सरकार सरकारात्मक रहेको बताउनुभएको छ ।

गैर आवासीय नेपाली संघले गत अक्टोबरमा काठमाडौंमा सम्पन्न पहिलो विज्ञ सम्मेलनको सारांश एवं सुझावहरु सरकारलाई बुझाएको छ । संघले बुझाएको सुझावहरुलाई अध्ययन गरी कार्यान्वयनमा ल्याउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताउनुभयो ।

संघका अध्यक्ष भवन भट्टसहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो सुझाव बुझाएको हो ।अध्यक्ष भट्टले विज्ञ सम्मेलनको सारांश र सुझाव पेश गर्नुहुँदै संघले नेपालको ज्ञान सीपको भण्डारलाई अभिवृद्धिका लागि सरकारसँग सहकार्य गर्न चाहेको बताउनुभएको थियो ।

संघद्वारा गत अक्टोबरमा भएको विज्ञ सम्मेलनमा १ सय ६६ कार्यपत्र प्रस्तुत गरिएका थिए ।संघको पूर्ण बैठक आज काठमाण्डौंमा सुरु हुँदैछ । बैठकमार्फत् संघले वार्षिक कार्यक्रमको समिक्षा एवं आगामी रणनीति तय गर्नेछ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..