सरकारको गाउँगाउँमा सिंहदरबार नारामै सीमित, शहर र विदेशिनेक्रम बढ्दै

काठमाडौं । सिंहदरबारको अधिकार गाउँगाउँमा पु-याउने सरकारको लक्ष्य भएपनि भने अनुसार सेवा सुविधाको हिसाबले गाउँलाई सम्पन्न बनाउन सकिएको छैन ।

जसका कारण गाउँका मानिस गाउँमा भन्दा पनि शहरमै बस्ने र अलिकति पैसा कमाउने बित्तकै आफ्नो थातथलो बेचेर शहर छिर्ने प्रवृत्ति बढेको छ । धनुषा औरही गाउँपालिका वडा नम्बर २ का उजित कुमार मिश्र ।गाउँमा मान्छे भेट्न गाह्रो भइरहेको बताउनुहुन्छ ।

अवसर, रोजगारीका लागि शहर र विदेश पलायन हुने कारणले पनि गाउँमा काम गर्न सक्ने युवा कमै भेटिन्छन् । अछाम मेल्लेख गाउँपालिकाका गंगाबहादुर खड्काकामको बेलागाउँमा मान्छे नपाउँदाबाहिर गाउँका मानिस बोलाउनुपर्ने बाध्यता रहेको बताउनुहुन्छ ।

नागरिकले उपभोग गर्ने सेवा सुविधाको विकेन्द्रिकरण होस् भनेर मूलुकलाई संघीय संरचनामा लगियो । ७५ जिल्ला अहिले ७७ जिल्ला भएको छ ।७ सय ५३ स्थानीयतह निर्धारण गरी अधिकारले सम्पन्न बनाइयो । तर, सेवा सुबिधा र अवसरको लागि गाउँ छोडेर शहर केन्द्रित हुने क्रम रोकिएको छैन ।

राष्ट्रिय जनगणना २०६८ को तथ्याङक अनुसार धनुषाको औरही गाउँपालिकाको कुल जनसङ्ख्या झन्डै २३ हजारको हाराहारीमा छ । संघीय संरचनामा गएपछि त्यहाँको जनसङ्ख्यामा झन्डै १ हजारले कमी आएको छ । औरही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शर्मा स्थानीय सरकार गठन भएपछि पनि केही सडक बाहेक शिक्षा, स्वास्थ्य लगाएतका विषयमा खासै परिवर्तन नआएको बताउनुहुन्छ ।

मेल्लेख गाउँपालिकाको कुल जनसङ्ख्या २६ हजारको हाराहारिमा थियो भने संघीय संरचना पछि त्यहाँको जनसङ्ख्यामा खासै परिवर्तन आएको देखिंदैन । मेल्लेख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बुढा बसाइँसराइको अवस्था अघिल्ला वर्षहरुभन्दा खासै फरक नभएको बताउनुहुन्छ ।

राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार नेपालको कुल जनसङ्या झन्डै २ करोड ६५ लाखको हाराहारीमा छ । संघीयतामा गएपछि यो संख्या बढ्ने अनुमान गरिएता पनि गाउँघरमा भने मानिसको सङ्ख्यामा कमि हुँदै गइरहेको देखिन्छ । जनसङ्ख्या विद डा.रुद्र सुवाल गाउँका मान्छे शहर र शहरबाट विदेशीनेक्रम डेढ दशकयता निकै बढेको बताउनुहुन्छ ।

प्रदेश सरकार र स्थानीय सरकार गठन भइसकेपछि तल्लो तहमा सेवा सुविधा र अवसर पुगेर शहर पस्ने क्रम रोकिएला भन्ने सबैलाई आशा थियो तर गाउँकामानिसहरु शहरमै केन्द्रित हुने क्रम बढ्दो छ भने शहरबाट विदेशिने क्रम पनि उत्तिकै बढ्दो छ । सरकारले तल्लो तहमा सेवा, सुविधा र अवसर पु-याउनेतर्फ लाग्नुपर्ने विज्ञहरुको सुझाव छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..