युट्युबमा ‘जात्रा’,२४ घण्टा न पुग्दै ट्रेन्डीन्ङ २ मा

आज चलचित्र हेर्ने सोच बनाउनु भएको छ ?चिन्ता नगर्नुस सुपरहिट चलचित्र जात्रा युट्युबमा सार्वजनिक गरिएको छ ।सार्वजनिक भएको २४ घण्टा पुरा न हुदैँ यो चलचित्र ट्रेन्डीन्ङ २ मा आउन सफल भएको छ ।प्रदिप भट्टराईको निर्देशनमा बनेको चलचित्र शुक्रवार राती युट्युव मार्फत सार्वजनिक भएको हो । जात्राले गत वर्ष ५१ औँ दिन मनाउँदै सुपरहिट बनेको थियो । सिंगे लामा र यादव पौडेलले निर्माण गरेको चलचित्रमा रविन्द्र सिंह बानिया कार्यकारी निर्माताको रूपमा रहेका छन्।

प्रदिप भट्टराईको नै कथा रहेको चलचित्रमा विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानिया, रविन्द्र झा, प्रेक्षा बज्रचार्य लगायतका कलाकारको अभिनय रहेको छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..