एक्कासी खुसी महशुस हुँदा युवतीको मृत्यु, यस्तो रहेछ विचित्रको कारण

म्याक्सिकोकी १६ वर्षीया लैना हैमनको मृत्यु संसारभर चर्चाको विषय बनेको छ। लैना विदा मनाउन आफ्ना केही साथी र अभिभावकका साथ एउटा बिचमा मस्ती गरिरहेकी थिइन्, तब उनको अचानक मृत्यु भयो ।

पोस्टमार्टममा देखियो कि उनलाई हृदयघात भएको थियो । तर, यति कम उमेर कम उमेरमा हृदयघात भएको थाहा पाएर सबै जना आश्चर्यमा परे । पोस्टमार्टम रिपोर्टबाट डाक्टरहरुको टिम आफै आश्चर्यमा थियो कि आखिर लैनालाई हृदयघात कसरी भयो । यसपटि जब उनका साथमा रहेकाहरुसँग सोधपुछ गरियो तब लैनाको मृत्युको कारण थाहा भयो । उनले मर्नुअघि आफूलाई खुवै रमाइलो लागिरहेको बताएकी थिइन् ।

जब छानविनकर्ताहरुले लैनाका साथी र विदा मनाउन उनीसँगै गएका अभिभावकको कुरा सुन्यो तब हैरान पार्ने तथ्य देखियो । उनका साथीका अभिभावकले भने कि मृत्युभन्दा केही मिनेट पहिला मात्र उनी भूँइमा ढलेकी थिइन् ।

यो कुराको छानविनबाट अधिकारीहरु यो निष्कर्षमा पुगे कि लैनाको मृत्युको कारण एनर्जी ड्रिङस थियो । जुन स्थानमा उनी विदा मनाइरहेकी थिइन् त्यहाँको पानी पिउन लायक थिएन । त्यसैले लैनाले मिनरल वाटरको साटो पटकपटक एनर्जी ड्रिङक्स पिइरहेकी थिइन् । यही ड्रिङ्क्सका कारण उनको शरीमा कैफिनको मात्रा धेरै बढेको थियो र उनको शरीरले यसलाई सहन गर्न सकेन ।

कैफिनका कारण लैनालाई एनर्जी आयो तर त्यतिबेलासम्म मुटु फेल भइसकेको थियो । डाक्टरहरुले यो कुरा सिद्ध गरे कि कैफिन पनि मृत्युको कारण बन्न सक्दछ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..